Comments Add Comment

जिम्बावेविरुद्धको एकदिवसीय श्रृखला पाकिस्तानको पोल्टामा

Azhar Ali

१६ जेठ, काठमाडौं । पाकिस्तानले जिम्बावेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट ६ विकेटले जितेको छ । यससँगै उसले तीन म्याचको श्रृखला २–० ले आफ्नो पक्षमा पारेको छ ।

लाहोरमा जिम्बावेले प्रस्तुत गरेको २६९ रनको लक्ष्य पाकिस्तानले अजहर अलीको शतकको मदतमा ४७.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि अजहर अलीले १०२ रन बनाए । हरिस सोहिल ५२ र सोएब मल्लिक ३६ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । उसका लागि सिकन्दर राजाले १०० रन बनाए भने चामु चिभाभाले ९९ रन बनाए ।

पाकिस्तानका बाहव रियाज र यासिर शाहले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment