Comments Add Comment

सुख्खा पहिरोको जोखिमले बस्ती सारियो

१६ जेठ, बनेपा । भूकम्पले काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा सुख्खा पहिरोको जोखिम बढेपछि दुर्गम गाविसमा रहेको बस्ती सारिएको छ ।

खासगरी जिल्लाका कोसीपारी गाविसको नाग्रेगर्गचे, पोखरीनारायणस्थान र महाभारत शृङ्खला डाँडापारीको च्याम्रेङबेँसी गाविसमा रहेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जानकारी दिए ।

सेना, प्रहरी र सम्बन्धित गाविस सचिवलाई परिचालन गरेर पोखरीनारायणस्थान गाविसको वडा नं ३ र ४ को ४५ घरधुरीलाई सुरक्षित स्थानमा लगिएको छ ।

ढकालले भने– “नाग्रेगर्गचे र चण्डेनीमण्डन गाविसमा भूकम्पका कारण जमिन चिराचिरा परेको र अझै फुट्दै गयो भने भाँसिन सक्छ त्यसैले पहिले नै सर्तक हुनुपर्ने देखिन्छ ।”

यसैबीच जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका ११ वटा गाविसमा पर्याप्त जनशक्ति नभएकाले अझै प्राविधिक टोली परिचालन हुन नसकेको जनाएको छ ।

प्रजिअ ढकालका अनुसार महाभारत शृङ्खला डाँडापारीको आठ र कोसीपारीको तीन वटा गाविसमा अझै पनि प्राविधिक जनशक्ति पुगेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment