Comments Add Comment

६८ भूकम्प पीडितले पाए बीमा रकम

१६ जेठ, काठमाडौं । बीमा कम्पनीहरुले बिनाशकारी भूकम्पले पुर्‍याएको मानवीय क्षतिको दाबी भुक्तानी दिन सुरु गरेका छन् ।
insurenceविभिन्न ८ वटा जीवन बीमा कम्पनीमा भूकम्पसँग सम्बन्धित १ सय ९७ वटा दाबी परेका छन् । जसमध्ये कम्पनीहरुले ६८ वटा दाबीको १ करोड ६८ लाख रुपैयाँ भुक्तानी दिइसकेको बीमा समितिका निर्देशक श्रीमान कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

बीमा कम्पनीहरुमा बिहीबार साँझसम्म भूकम्पसँग सम्बन्धित करिब १२ हजार निवेदन परेका छन् । ती निवेदनमा दाबी गरिएको रकम १० अर्ब रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

‘निकट भविष्यमै बीमा कम्पनीहरुको दाबी भुक्तानी उल्लेख्य बढ्ने देखिन्छ’, कार्कीले भने ।

भूकम्पका कारण काठमाडौंमा मात्रै ७३ हजार घर बस्न नमिल्ने भएका छन् । सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी क्षति भए पनि गाउँका घरहरुको बीमा गर्ने चलन छैन ।

निर्जीवन बीमा अन्योलमा

निर्जीवन बीमा कम्पनीहरुले भने भुक्तानी दिइसकेका छैनन् । सर्भेयर र कम्पनीका प्रतिनिधिहरुले क्षतिको मुल्यांकन गरिरहेकाले प्रतिवेदनपछि मात्रै भुक्तानी दिने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।

दाबी भुक्तानीमा कम्पनीहरुले ढिलाइ गरे पनि नियामक निकाय बीमा समितिमा बीमितले गुनासो पुर्‍याएका थिए । बीमा समितिले भूकम्पसँग सम्बन्धित दाबीहरुको भुक्तानी सरल र छिटो गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको छ ।

भूकम्पले ठूलो क्षति पुर्‍याएपछि भुक्तानीका लागि बीमा कम्पनीमा दाबी गर्नेहरुको चाप बढेको छ । बीमितले घर भत्किएको, दुर्घटना परेको, सवारी साधनको क्षतिग्रस्त भएको, मृत्यु भएको, घाइते भएको भन्दै दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment