Comments Add Comment

संविधान जारी भएपछि मात्र सरकारको नेतृत्व छाड्ने कांग्रेसको निर्णय

Nepali-Crongrss

१६ जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले नयाँ संविधान जारी भएपछि मात्र सरकारको नेतृत्व छाड्ने बताएको छ ।

सहमतीय सरकार गठनको बहस चलिरहेको बेला कांग्रेस पदाधिकारी बैठकले सरकार भन्दा संविधान पहिलो प्राथमिकता भएको ठहर गरेको छ । सहमतिबाटै संविधान जारी गर्नु पर्ने भन्दै कांग्रेसले त्यसका लागि आवश्यक परे सहमतिको सरकार गठन गर्न पनि तयार रहेको बताएको छ ।

कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान जारी नहुँदासम्म कांग्रेसकै नेतृत्वकेा सरका रहने बताए । ‘यो सहमति सरकार गठनका क्रममा एमालेसँग भएको हो’ उनले भने-संविधान जारी भएपछि नयाँ नेतृत्वमा जाने बाटो खुल्छ, त्यसका लागि हामी तयार छौं ।’

कांग्रेस बैठकले सम्पूर्ण प्रत्यन्न संविधान निर्माण केन्द्रीत गर्न दलहरुलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment