Comments Add Comment

दाताहरुको सफ्ट लोन र अनुदान मात्र लिन्छौं : अर्थमन्त्री

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले भूकम्पबाट ५ सयदेखि १ हजार अरब सम्मको क्षति भएको प्रारम्भीक अनुमान रहेको बताएका छन् ।

Ramsaran-mahat

साथै उनले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुर्ननिर्माणको लागि दाताहरुसँग लामो समयको न्यून ब्याजको सफ्ट लोन र ग्रान्ट (अनुदान) मात्रै लिने स्पष्ट पारेका छन् । 

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा अर्थमन्त्री डा. महतले दातृ निकायहरुको सम्मेलनलाई सफल बनाउन अहिले क्षतिको विवरण संकलन गर्ने र विश्वासिलो योजना बनाउने काम भइरहेको बताए ।

पुनर्निर्माणकेा लागि प्रयाप्त स्रोत जुट्ने भन्दै उनले भने- हामीले दातृ निकायहरुलाई विश्वसनीय योजना देखाउनु सक्नुपर्‍यो । स्रोत जुट्छ । दाताहरुको अहिलेसम्म कुनै सर्त छैन ।’

पुनर्निर्माणका लागि आन्तरिक ऋण लिने, करको दायरा बढाउने र खर्च कटौति गर्ने विषयमा पनि गृहकार्य भइरहेको उनले बताए । साउन महिनादेखि मुलुक नवनिर्माणको बाटोमा लाग्ने भन्दै अर्थमन्त्री महतले भने-‘हिजोको शहर ब्यवस्थित थिएन । त्यसैले यो नवनिर्माणको अवसर हो ।’

महतका अनुुसार सरकारले भुकम्प प्रतिरोधी घरको नक्सा र दुई लाख रुपैयाँ दिएर पुनर्निर्माणको कार्यलाई अघि बढाउनेछ । तर, दुई तीन वटा घर भएका वा काठमाडौंमा घर भएर गाँउको घर भत्किएकाहरुलाई भने सरकारले क्षतिपूर्ति नदिने मन्त्री महतले स्पष्ट पारे ।

भूकम्पबाट ५ सय देखि १ हजार अरब सम्मको क्षति भएको प्रारम्भीक अनुमान ब्यक्त गर्दै उनाले दुई साताभित्रमा प्रारम्भिक प्रतिवेदन आउने र त्यसकै आधारमा दातृ निकायहरुको सम्मेलन गर्ने जानकारी दिए ।

आगामी बजेटमा चालु निर्माणाधिन आयोजनाहरु यथावत रहने जानकारी दिँदै मन्त्री महतले बजेटको मुख्य स्रोत पुनर्निर्माणमा लक्षित भए पनि राष्ट्रिय महत्वका आयोजना पनि अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment