Comments Add Comment

भक्तपुरमा बालुवा खानी सञ्चालनमा प्रतिबन्ध

baluwa-3

  • फाइल तस्वीर

१८ जेठ, भक्तपुर । जिल्ला विकास समितिले बालुवा खानी सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।

दुवाकोट खड्काटारका सर्वसाधारणले सोही स्थानमा सञ्चालित खानी बन्द गर्न माग गरेपछि जिविसले अनिश्चितकालका लागि ती खानी सञ्चालनमा प्रतिबन्ध लगाएको हो ।

दुवाकोटमा खानी सञ्चालन गर्दै आएका मुकुन्द थापाले जिविसको प्रतिबन्धले आफूहरूले करोडौंको नोक्सानी व्यहोर्नु परेको र सयौँ मजदुरको रोजीरोटी खोसिएको दुःखेसो गरे ।

जिविसले चालु आर्थिक वर्षका लागि दुवाकोट, झौखेल र चाँगुलगायत १२ स्थानमा खानी सञ्चालनको अनुमति दिएको थियो । त्यसबाट जिविसले बर्षेनि दुई करोड रूपैयाँ भन्दा बढी राजस्व प्राप्त गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment