Comments Add Comment

खुल्यो चलचित्रको दर्ता, ‘आठौ नेफ्टा अवार्ड’को तयारी सुरु

फाइल फोटो : हङकङमा आयोजना भएको नेफ्टा अवार्ड सहभागी चलचित्रकर्मी
फाइल फोटो : हङकङमा आयोजना भएको नेफ्टा अवार्ड सहभागी चलचित्रकर्मी

नेपाल चलचित्र प्राविधिक संघले असारमा चलचित्र महोत्सवको आयोजना गर्ने बताएको छ । जसका लागि चलचित्र दर्ता गर्ने प्रक्रिया आजबाट सुरु गरिएको संघले जनाएको छ ।

भुकम्पपछि चलचित्र क्षेत्रमा देखिएको अस्थिरता र सुस्ताएको माहोललाई अगाडि बढाउन चलचित्र महोत्सव गर्न लागिएको नेफ्टाको भनाई छ ।

अध्यक्ष मनोज केसीका अनुसार वि.सं २०७१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रले महोत्सवमा सहभागी हुन पाउनेछन् । असारको अन्तिम सातामा चलचित्र महोत्सव गर्ने संघको भनाई छ ।

महोत्सवमा चलचित्र हेरिसकेपछि हरेक विधामा उत्कृष्ट ५ को छनोट गरि ‘आठौ नेफ्टा फिल्म अवार्ड’मा सहभागी गराइनेछ । नेपाली चलचित्रको विकास, विस्तारका लागि चलचित्र महोत्सव र त्यसपछि अवार्ड आयोजना गर्ने नेफ्टाको भनाई छ । यसपटकको अवार्ड समारोह पनि देश बाहिर नै हुने संघको भनाई छ । नेफ्टाले यसअघिका २ अवार्ड मलेसिया र हङकङमा गरेको थियो ।

चलचित्र महोत्सवबाट उठेको रकम ‘चलचित्र प्राविधिक संघ कल्याणकारी कोष’मा जम्मा गरिने महासचिव अनन्त तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment