Comments Add Comment

फुटबल खेलमा कलाकारसँग नेता टोली पराजित(फोटो फिचरसहित)

priyanka-karki-footbal
भुकम्प पीडितहरुको सहयोगार्थ नयाँ पत्रिका दैनिकले आयोजना गरेको नेता र कलाकारविचको मैत्रीपूर्ण फुटबल खेल आज काठमाण्डौको हलचोक मैदानमा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हलचोकमा भएको खेल रोमान्चककारी देखियो ।

कलाकारहरु रातो जर्सीमा मैदानमा उत्रिदा नेताहरु हरियो जर्सीमा मैदानमा देखिए । नेपालका चर्चित सबैजसो नेताहरु मैदानमा देखिए । नेताहरुको टोलीको नेतृत्व प्रधानमन्त्री सुशिल कोइरालाले गरेका थिए । यस्तै, कलाकार टोलीको नेतृत्व कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।kalakar-toli

kalakar-football-toli

gajit-bal-ladaiराष्ट्रपति डाक्टर रामवरण यादवले दुबै टोलीका क्याप्टेनलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए । राष्ट्रपतिले पहिलो हाफसम्म पुरा खेल हेरेका थिए । उनीसँगै उपराष्ट्रपति प्रमानन्द झाले पनि खेले हेरे ।
९० मिनेटको खेलमा कलाकारहरुले नेताको टोलीलाई ० का विरुद्ध ३ गोलले पराजित गरे । कलाकारको तर्फबाट पहिलो हाफमा मनिराज श्रेष्ठले गोल गरेका थिए ।

यस्तै, दोश्रा हाफमा कलाकारको तर्फबाट रोशन श्रेष्ठ र नवि केसीले गोल गरे । कलाकारको टोलीमा हाँस्य ब्यङ्ग्य क्षेत्रका बाहुल्यता धेरै देखियो । नेपाली चलचित्र क्षेत्रबाट नायक, नायिकाहरुको उपस्थिती सामान्य थियो ।haribansha-acharya

pm-ball-lidaiकलाकारको तर्फबाट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिव श्रेष्ठ, दिपकराज गिरी, राज कुमार राई, प्रमोद खरेल, सुदर्शन थापा, युवराज लामा, दिनेश डीसी, सौगात मल्ल, दयाहाङ राई, चेतन सापकोटान, दिपाश्री निरौला, करिश्मा मानन्धर, झरना थापा, प्रियंका कार्की, पूजा शर्मा, शिवहरी पौडेल, जितु नेपाल, सुनिल थापा, निखिल उप्रेती, सिताराम कट्टेल, केदार घिमिरे, शंकर बीसी, जितु नेपाल, रविन्द्र खड्का, आकाश अधिकारी, कोमल वली, धिरेन शाक्य, दिनेश डीसी, नवल खड्का, सन्दिप क्षेत्री, निश्चल बस्नेत, गजित बिष्ट, बद्री पंगेनी लगायतले खेल खेले ।

gharana-and-priyankakarisma-aakash-sudarsan-pujयस्तै, नेताहरुको तर्फबाट प्रधानमन्त्री सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदरा, नेकपा माओवादीका अध्यक्ष मोहन वैदले खेल खेले ।neta-haru

यस्तै, अन्य नेताहरुका झलनाथ खनाल, मिनेन्द्र रिजाल, बिष्णु पौडेल, गगन थापा, डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, माधव कुमार नेपाल, हिसिला यमी, जनार्दन शर्मा, दिपक खड्का, महेश आचार्य, अनिल झा, इन्द्र बाँनिया, रमेश लेखक, राजकाजी गुरुङ, रमेश धमला, अर्जुननर सिंह केसी, कृष्ण प्रसाद सिटौला, एकनाथ ढकाल, योगेश भट्टाई, प्रदिप पौडेल, बर्षमान पुन, रविन्द्र अधिकारी लगायतले फुटबल खेलेका थिए ।

खेल मैदानमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीत बज्दा कलाकारहरुले एकता देखाउँदै नृत्य गरे । कलाकारहरुले खेल जितेपछि प्रधानमन्त्रीदेखि विभिन्न दलका शिर्ष नेताले वधाई दिएका थिए ।

कलाकारहरुले खेलमा जस्तै राजनीतिमा पनि एकता देखाएर देशलाई विकासको गतीमा लैजान नेताहरुलाई आग्रह गरेका छन् । नयाँ पत्रिकाले अब देशका विभिन्न १२ वटा स्थानमा ‘सांगीतिक हाँस्यब्यङ्ग्य’ कार्यक्रमको आयोजना गर्दैछ । देशभरबाट करिब १ करोड उठाएर नेपाल सरकारसँगको सहकार्यमा भुकम्प पीडितहरुको पुनस्थापना गर्ने उद्देश्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment