Comments Add Comment

लप्सीफेदीमा ट्रिपर दुर्घटना, चालकको मृत्यु

२४ जेठ मेलम्ची । काठमाण्डौको लप्सीफेदीमा भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट गिट्टी लिएर काठमाण्डौका लागि हिँडेको बा ३ ख ७७९२ नम्बरको ट्रिपर आइतबार बिहान दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक बाँसखर्कका २३ वषिर्य चन्द्रबहादुर माझीको ज्यान गएको हो । भुकम्पबाट क्षतीग्रस्त सडकमा बढी लोड भएका कारण सडक भासिएर दुर्घटना भएको हुनसक्ने भोटेचौरका प्रहरी सहायक निरिक्षक प्रदिप गिरीले बताए ।

झ्यासको उकालोमा ब्याक गर्नेक्रममा सडक भासिएर ट्रिपर अन्दाजी डेड सय मिटर तल खसेको छ ।

भोटेचौरबाट उद्धारका लागि गएको प्रहरी टोलीले चालकलाई सडकमा ल्यापुर्‍याउँदा ज्यान गएको थियो । सहचालकको भने काठमाडौंमा उपचार भइरहेको छ ।
कूल तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment