Comments Add Comment

मिस लिटिल वर्ल्डमा मेघिकालाई दुई उपाधि

meghika

काठमाडौं । १० वर्षीय बालिका मेघिका काप्रीले अन्तराष्ट्रिय बाल सौन्दर्य प्रतियोगितामा दुई उपाधि हात पारेकी छिन् । टर्किको बोडरुममा सम्पन्न ‘लिटिल मिस एन्ड मिस्टर वल्र्ड-२०१५’मा उनले ‘मोस्ट ट्यालेन्ट अवार्ड’ र ‘फोटो मोडल अफ द वल्र्ड अवार्ड’ गरी दुई उपाधि हात पारेकी हुन् ।

कार्यक्रममा उपाधि जितेर नेपाल आएकी मेघिकाले राष्ट्रिय भावनाले ओतप्रोत नेपाली गीतमा नृत्य गरेर ‘मोस्ट ट्यालेन्ट अवार्ड’ जितेकी बताईन् । उनको भनाई अनुसार ट्यालेन्ट सो का लागि दिईएको तीन मिनेट समयमा उनले एक मिनेट शास्त्रीय नृत्य र दुई मिनेट ‘आँखैमा राख्छु मेरै देश…’ बोलका राष्ट्रिय गीतमा नृत्य गरेकी थिईन् ।

एशिया, युरोप, अमेरिका र अपि|mका लगायत २५ मुलुका बालिकाहरुसंगै प्रतियोगितामा सहभागी हुन पाउदा खुसी लागेको उनको भनाई थियो ।

प्रतियोगिताको बीचमा भएको फोटो प्रतिस्पर्धामा पनि उनी उत्कृष्ट भईन् । अन्तिम प्रतिस्पर्धामा पुगेर पनि लिटिल मिस वल्र्ड भने बन्न सकिनन् । उक्त प्रतियोगितामा लिटिल मिस वल्र्डको उपाधि भने युक्रेनकी अन्ना क्लिमोभेट्सले जितेकी थिईन् ।

मिडिया ल्याण्डद्धारा गत वर्ष आयोजित ‘चाईल्ड आईकोन-२०१४’मा काप्रा फस्ट रनर अप भएकी थिईन् । उनी अहिले ललितपुरको डिएभी स्कुलमा पाँच कक्षामा पढ्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment