Comments Add Comment

टाटाको ‘प्रि-बजेट’ योजना, ९० प्रतिशतसम्म फाइनान्स

Tata-Indica-CT-4-Final
काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सको नपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले ‘प्रि-बजेट’ योजना ग्राहकमाझ ल्याएको छ ।

कम्पनीले यो योजना प्यासेन्जर गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गरेर ल्याएको हो । योजनाअनुसार कम्पनीले ग्राहकलाई ९० प्रतिशतसम्मको फाइनान्स सुविधा दिने छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखेर अन द स्पट फाइनान्सको सुविधा दिने बताउँदै कम्पनीले बैंक कागज पत्रको सेवा शुल्क र पि्र-पेमेन्ट शुल्कसमेत नलिने जनाएको छ ।

टाटा इन्डिका, स्ट्रोम, सुमो मोभस गाडी खरिद गर्ने ग्राहकहरुले यो अफर प्राप्त गर्नेछन् । भूकम्पपछि सुस्ताएको गाडीको बिक्री यो योजना लागू भएपश्चात उकासिने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment