Comments Add Comment

अनेसासको ४६ औ साहित्यिक डबली

anesan doha

दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवोदित ४६ औं वाचन डबली दोहामा सम्पन्न भएको छ ।

अनेसास कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा दोहाको टपर्फम रेष्टुरेन्टमा भएको साहित्यिक कार्यक्रममा साहित्यकार पारिजातको ७८ औं जन्मजयन्ती मनाइएको छ ।

कार्यक्रममा तीर्थसंगम राई, प्रेमप्रसाद भट्टराई, सुमन दङगाल, टीका खड्का (राष्ट्रप्रेमी), इमोसेन्ट राजन, मदन न्यौपाने, श्यामराज रानाभाट, लेख कार्की, रविन्द्र श्रेष्ठ, ईश्वर शाही, दीलिप पराजुली, मणी पौडेल भिखारी, सानुबाबु मल्ल लगायत २६ जना साहित्यप्रेमी नेपालीहरुले कविता तथा गजल सुनाए ।

नेपाली महिला समाज कतारकी उपाध्यक्ष अमिना खानले देशका पि्रय तथा भुकम्प सम्बन्धी कविता र गजलले भावुक बनाएको बताउदै आफ्नो रचना समेत सुनाईन ।

कार्यक्रममा साहित्यकार पारिजातको जीवनीबारे चर्चा गरिनुका साथै झापाली सर्जकहरुको संयुक्त गजल संग्रह ‘कन्काईका सुस्केराहरु’ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाल र्फकन लागेका गजलकार सानुबाबु मल्ललाई मायाको चिनोसहित बिदाई गरिएको नेपाल पत्रकार महासंघ कतारका गणेशप्रसाद बन्जाडेले जानकारी दिए ।

अनेसास कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले हरेक महिनाको दोस्रो शुक्रबार वाचन डबलीको श्रृंखला सन्चालन गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment