Comments Add Comment

एमालेका २४ हजार स्वयंसेवक अझै मैदानमा

१ असार, काठमाडौं । जेठ १० गतेदेखि औजारसहित भूकम्प प्रभावित बस्तिमा पुगेका एमालेका २८ हजार स्वयंसेवकमध्ये करीव २४ हजार अझै पनि मैदानमै खटिएका छन् । उनीहरु अझै १० दिन भूकम्पपीडितकै बस्तिमा रहने एमालेले जनाएको छ ।
uml-1
पार्टीले नाम टिपेर दैनिक हाजिरीसहित पठाएका २८ हजार स्वयंसेवक मध्ये करीव चार/पाँच हजारको काम सकिएर र बिरामी तथा घाइते भएर मैदान छाडे पनि अरु निरन्तर काममै खटिएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

एमालेका स्वयंसेवकले हालसम्म भूकम्प पीडित जनताका करीव २० हजार अस्थायी घर निर्माण गरेको र त्यो भन्दा बढि भग्नावशेषहरु पन्छाएको एमालेले जनाएको छ । ‘जस्तापाता लगायत सामाग्री सहयोग गर्ने दाता निस्किएपछि घर टहरा बनाउने क्रम अझ बढेको छ’ स्वयंसेवक परिचालन अभियानका कमाण्डर गोकर्ण विष्टले भने ।

एमालेको केन्द्रीय राहत कोषमा रकम थप्ने र एमालेका स्वयंसेवकको कामबाट प्रभावितव भएर निर्माण सामाग्री दिने दाताहरु धेरै निस्केपछि व्यवस्थित ढंगले घर बनाउन एमाले स्वयंसेवक खटिएका विष्टले बताए ।

uml2

यसक्रममा एमालेका स्वयंसेवकले ८ सय २४ ओटा स्कूल र उच्च माविहरुको अस्थायी भवन निर्माण गरि हस्तान्तरण गरिसकेका छन् । सिन्धुपाल्चोकमा लगभग स्थायी प्रकारकै भवन बनाएर हस्तान्तरण गर्ने क्रम जारी रहेको हाल भोटेचौरमा बेस क्याम्प बनाएर बसेका युवा संघका महासचिव राजिव पहारीले बताए ।

अब १० दिनमा कम्तिमा ५ हजार जनताका घर बनाउने र दुई सय जति स्कूल तथा कलेजका भवन बनाउने लक्ष्य राखिएको एमाले महासचिव इश्वर पोखरेलले बताए । ‘अब भूकम्प प्रभावित बस्तिमा एमालेका स्वयंसेवकमात्रै छन्, हाम्रो काम देखेर निर्माण सामाग्री दिने दाता पनि आइरहेका छन्’ महासचिव पोखरेलले भने ‘हामी भ्याए सम्म र सकेसम्म धेरै घरहरु बनाइदिन्छौं’ ।

uml

महासचिव पोखरेलले एमालेका स्वयंसेवकले आफ्नो खाने बस्ने व्यवस्था पार्टीबाटै गरेकाले पनि लामो समय टिक्न सम्भव भएको बताए । यसक्रममा करीव डेढ सय कार्यकर्ता घाइते भएर अस्पतालमा रहेका उनले बताए ।

यसैबीच एमालेले असार ४,५ र ६ गते तीन दिनसम्म आफ्ना तीन लाख नेता कार्यकर्तालाई भूकम्प पीडित बस्तिमा अनिवार्य श्रममा खटाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि जनवर्गीय संगठनका कार्यकर्ता समेत तीन दिनसम्म भूकम्प पीडितहरुसँगै रहनेछन् ।

uml3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment