Comments Add Comment

हिमाञ्चल प्रदेशसँग नेपालको पहिलो हार

Nepal-Vs-Himanchal-Pradesh

१ असार, काठमाडौं ।आसन्न टी-२० विश्वकप छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा नेपाल हिमाञ्चल प्रदेशको टोलीसँग २४ रनले पराजित गरेको छ । यद्यपि सिरिजमा नेपाल २-१ ले अगाडि छ ।

सोमबार ६१ रनले विजयी भएको नेपाली टोलीमा तीन खेलाडी परिर्वतन गरिएको थियो । ओपनर सागर पुनसँगै प्रदिप ऐरी र जितेन्द्र मुखियालाई आराम दिइएको थियो । पहिलो पटक राष्ट्रिय टीममा परेका सिद्धान्त लोहनीसँगै राजेश पुलामी मगर र अभिनाश कर्णले मौका पाए । पहिलो अभ्यास खेलमा बसन्त रेग्मी खेलेपछि त्यसपछिका दुई खेलमा शक्ति गौचन खेलेका छन् ।

धर्माशाला रंगशालामा पहिले ब्याटिङ गरेको हिमाञ्चल प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनायो । उसका लागि अभिमन्यू रानाले २६ रन बनाए भने ओपनर अमित ठाकुरले २३ रन जोडे ।

नेपालका लागि करण केसीले ३ विकेट लिए भने सिद्धान्त लोहनीले २ विकेट लिए । यस्तै अभिनाष कर्णले एक विकेट लिए ।

१३७ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो । नेपालको ओपनिङमा सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल थिए । सुवास र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे ।

ज्ञानेन्द्र १२ रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्का १० रनमा आउट भए । सुवास २३ र विनोद भण्डारी ११ रनमा आउट भए ।

शरद भेसवाकर क्रिजमा टिकिरहे पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन । पहिलो पटक राष्ट्रिय टोलीमा परेाक सिद्धान्त लोहनी मात्र ३ रनमा पभेलियन फर्किए । राजेश पुलामी ७ र सोमपाल कामी १ रनमा आउट भए । शरद ३६ रनमा अविजित रहे ।

हिमाञ्चल प्रदेशका राघव धवनले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment