Comments Add Comment

प्रभू बैंकले ग्राण्ड बैंक किन्ने पक्का

पुष्प दुलाल

१ असार काठमाडौं । प्रभू बैंकले ग्राण्ड बैंक किन्ने (एक्वायर) गर्ने पक्कापक्की भएको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले प्रभूलाई ग्राण्ड बैंक एक्वायर गर्न आसयपत्र दिएको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

prabhu-and-grand-bank‘प्रभू बैंकले ग्राण्ड बैंक किन्न इच्छुक भएको भनी राष्ट्र बैंकका पेस गरेको आसयपत्र मंगलबार साँझ बसेको राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ’ प्रबक्ता श्रेष्ठले भने- अब प्रभू बैंकले ग्राण्ड बैंक एक्वायर गर्ने औपचारिक प्रक्रिया अघि बढेको छ ।’

बुधबार दिउसो बैंकलाई आसयपत्र स्वीकृत भएको पत्राचार गर्ने उनले जानकारी दिए । एक वाणिज्य बैंकले अर्को वाणिज्य बैंक किन्न राष्ट्र बैंकले आसयपत्र दिएको यो पहिलो हो ।

दुई बैंकबीच सेयर आदान प्रदान अनुपात (स्वाप  रेसियो) ५५ देखि ६० रुपैयाँको बीचमा रहेको प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । शेरचनले अागामी भदाै मसान्तसम्ममा एक्वायर गरिसक्ने जानकारी दिए । गत भदाै ३० गते तत्कालिन किष्ट बैंकलार्इ गाभेर प्रभू बैंकको नाममा एकीकृत कारोबार सुरू भएको थियो ।  (यो पनि पढ्नुहोस्- किष्टको विलय, प्रभू बैंककाे नाममा एकीकृत कारोबार सुरु )

शेरचनका अनुसार एक्वायरपश्चात बैंक्को निक्षेप ४६ अर्ब ९६ करोड र कर्जा ३९ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, चुक्ता पुँजी ५ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । एक्वायरपश्चात निजी क्षेत्रका बैंकमध्ये प्रभू बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्ने छ । त्यसैगरी, शाखा र एटीएम सञ्चालमा पनि ठूलो बैंक बन्ने छ ।

फाइनान्स कम्पनीबाट बिकास बैंक हुँदै बाणिज्य बैंक बनेको प्रभु बैंक ‘क’  वर्गको वाणिज्य बैंक खरिद गरी आफ्नो पुँजी तथा कारोबारको आकार र संजाललाई व्यापक बनाएउन लागेको हो ।

खराब कर्जाका कारण राष्ट्र बैंकको सिघ्र सुधारात्मक कारवाही भोगिरहेको ग्राण्ड बैंकले तोकिएको समयमा सुधार गर्न नसक्ने देखेपछि बैंकको स्वामित्व बेच्ने निर्णयमा पुगेको हो ।

गत माघ १५ गते प्रभु बैंकका अध्यक्ष देबीप्रकाश भट्टचन र ग्राण्ड बैंकका अध्यक्ष स्वरुप गुरुङले एक्वायसम्बन्धि सम्झैतामा हस्ताक्षर गरेका थिए ।

प्रभुले ग्राण्ड खरिद गरेपछि ग्राण्डका कुनैपनि संचालक प्रभुको संचालक समितिमा रहनेछैनन् । एक्वायरपश्चात  बैंकको नाम प्रभु नै रहने छ ।

सम्बन्धित समाचारहरू

प्रभु बैंकले ग्राण्ड बैंक र नेपाल बिकाश बैंक खरिद गर्दै

प्रभु बैंकले ग्रान्ड बैंक खरीद गर्दै, सम्झाैतापत्रमा हस्ताक्षर

सफलताको कथाः डुबेको किष्टलाई प्रभुले गर्‍यो कायापलट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment