Comments Add Comment

‘अधकट्टी’ च्यारेटीबाट प्राविधिकका लागि ८ लाख संकलन

adhakatti-charety
भुकम्पबाट प्रभावित चलचित्रमा काम गर्ने प्राविधिकहरुका लागि चलचित्र ‘अधकट्टी’को भव्य च्यारेटी शो काठमाण्डौको कुमारी हलमा भएको छ । अन्तरराष्ट्रिय कलाकार मञ्चको आयोजना र नायिका ऋचा शर्माको संयोजकत्वमा च्यारेटी कार्यक्रम आयोजना भएको हो ।

चलचित्रबाट ८ लाख माथिको रकम कलेक्शन भएको निर्माता प्रदिप कुमार उदयले जानकारी दिए । उनले अब देशका विभिन्न स्थानमा चलचित्रको च्यारेटी गर्ने र संकलित रकम प्राविधिकहरुलाई हस्तान्तरण गर्ने बताए ।

चलचित्रको च्यारेटी शोमा चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, पत्रकारहरुको बाक्लो उपस्थिती थियो । विशेषगरि, च्यारेटी शोमा नायिकाहरुको उपस्थिती बाक्लो देखियो ।
adhakatti-charety-showचलचित्रका मुख्य दुई नायिका अशिष्मा नकर्मी र रिस्ता बस्नेतको साथमा विशेष भूमिकामा देखिएकी नायिका नम्रता श्रेष्ठ पनि कुमारी हलमा उपस्थिती थिइन् । साथमा नायिकाहरु प्रियंका कार्की, वेनिशा हमाल, पूजा शर्मा, सुरविना कार्की, सगुन शाही, केकी अधिकारी, ऋचा शर्मा चलचित्र हेर्न पुगेका थिए ।

चलचित्रका मुख्य कलाकार गजित बिष्ट, गौरव पहारी, प्रदिप बाँस्तोला पनि हलमा देखिए । नायक आर्यन सिग्देल, सुर्शन थापा पनि चलचित्र हेर्न पुगेका थिए ।

चलचित्रकर्मी, दर्शक र पत्रकारले दिएको साथले आफूलाई हौसला मिलेको निर्देशक सुव्रत आचार्यले बताए । पूर्णतया कमेडी बिषयमा तयार भएको यो चलचित्रमा कलाकार विल्सन विक्रम राइले दर्शकलाई खुबै हसाँएका छन् । विल्सनको भूमिकाले चलचित्रलाई अन्तिमसम्म बाँधेको छ ।

जेठ ८ गते प्रदर्शन मिति तय भएपनि भुकम्पका कारण सार्वजनिक प्रदर्शनमा ‘अधकट्टी’को ढिलाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment