Comments Add Comment

अफगानिस्तानको संसदमा तालिबानको आक्रमण

Afgan-Security

७ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा संसद भवन बाहिर विस्फोट भएको छ । घटना लगतै आक्रमण्णकारी भवन भित्र प्रवेश गरेका छन् ।

प्रहरीले संसद भवन खाली गर्ने प्रयास गरिरहेको छ ।

प्रस्तावित रक्षामन्त्री मसुम स्तानेकजईको सांसदहरुलाई परिचय गराउने क्रममा विस्फोट भएको हो । उनको नाम संसदले अुमोदन गर्न बाँकी छ ।

तालिबानले आक्रमणको जिम्मा लिएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुुुुसार काबुलको दहमाजांग इलाकामा पनि विस्फोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment