Comments Add Comment

कथा संग्रह ‘फ्रिडम टु डाई’को विमोचन

Freedom to Die and Buy-Nepali-book

सिड्नी । युवा कथाकार डा. निर्मल ज्ञवालीको पहिलो कथा संग्रह ‘फ्रिडम टु डाई’ अस्ट्रेलियाको सिड्नीमा विमोचन भएको छ । २१ जुन आइतवार सिड्नीको दक्षिण रकडेलमा नेपाली समुदायका सदस्यहरुको उपस्थितिमा कथा संग्रहको बिमोचन भएको हो ।

गैर आवासीय नेपाली संघकी संरक्षक इन्द्रा वन र सिड्नीको नेपाली समुदायका जेष्ठ नागरिक डा. नारायण प्रधानले कथा संग्रहको विश्वब्यापी बिमोचन सिड्नीमा गरेका हुन् । उक्त कार्यक्रममा कवि तथा सिड्नीमा सक्रिय सर्जक निस्प्रभ सजीले पुस्तकबारे समिक्षात्मक अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियामा सजीका प्रश्नको जवाफ दिदै कथाकार डा. ज्ञवालीले पुस्तक तयार हुनुको पृष्ठभूमी, संग्रहित कथाका विशेषताहरु र पाठकहरुबाट प्राप्त प्रतिक्रियाहरु सुनाएका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलिया च्याप्टरका अध्यक्ष महेन्द्र पौडेल, एनआरएन संरक्षक इन्द्रा वन र डा. नारायण प्रधानले कथाकार डा. ज्ञवालीलाई बधाइ तथा शुभकामना दिएका थिए ।

बुक हिलले प्रकासन गरेको यो पुस्तकमा २३ वटा कथाहरु संग्रहित छन् ।

नेपाली पुस्तकको अनलाइन स्टोर सन्चालन

यसैगरी विश्वभरी रहेका नेपाली पाठक माझ नेपाली पुस्तक सहज र सुलभ तरिकाले पुर्याउने उद्देश्यका साथ नेपाली पुस्तकहरुको अनलाइन स्टोर buynepalibook.com संचालनमा आएको छ ।

यही जुन २१ आइतवार सिड्नीमा एनआरएन संरक्षक इन्द्रा वन र डा. नारायण प्रधानले संयुक्त रुपमा यो अनलाइनको सार्वजनिक गरेका थिए । अनलाइनका संचालक मध्येका एक ऋषि आचार्यका अनुसार सिड्नी र काठमाडौंमा सम्पर्क कार्यालय रहेको यो अनलाइनले नेपाली भाषामा छापिएका पुस्तकहरुलको विश्वब्यापि रुपमा बिक्रीवितरण गर्नेछ ।

आचार्यले भने, ‘नेपालमा कुनै पुस्तक बिमोचन भएकै दिन अनलाइन मार्फत विश्वभरी रहेका नेपाली पाठकहरुलाई पुस्तक उपलब्ध गाउने लक्ष्य रहेको छ ।’

बाइ नेपाली बुक अनलाइन स्टोरमा अहिले ५० वटा भन्दा बढी पुस्तकहरु उपलब्ध छन् । अजी आइटी ग्रुपले यो अनलाइन तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment