Comments Add Comment

जिउँदो माछा निल्न दमका रोगीको तछाडमछाड, डेढसय वर्षदेखि चल्दैछ यो संस्कार

live fish kill (2)दमका रोगीले अक्सिजन तान्ने तथा दमको औषधि नियमित रुपमा खाने गर्छन् । तर भारतको हैदरावादमा भने दमरोग निको हुने आशामा दमरोगीहरुले जिउँदो माछा निल्ने गर्छन् ।

भारतको हैदरावादमा हरेक वर्ष यस्तो प्राचीन मेला लाग्ने गर्छ जहाँ जिउँदो माछा निल्नका लागि हजारौँ दमरोगीहरु भेला हुन्छन् । १ सय ५६ वर्षदेखि चलिरहेको यो मेलामा दमरोगीहरुलाई समुद्री माछाको भुरा निल्न लगाइन्छ, जुन माछामा पहेँलो आयुर्वेदिक लेदो पनि दलिएको हो । हरेक वर्ष जुन महिनामा यो मेलाको आयोजना गरिन्छ ।

स्थानीय बथिनी गोड परिवारले दमरोगीलाई जिउँदो माछा खुवाएर परम्परागत उपचार गर्ने गरेको छ, सदियौँ देखि । माछामा दल्ने गोप्य हर्वल औषधि के बाट बनेको हो भन्ने कुरा भने उक्त परिवार भन्दा अरु कसैलाई पनि थाहा छैन । यो औषधिको रहस्य एक पुस्ताबाट अर्को पुस्तामा ज्ञानको हस्तान्तरण हुँदै आएको छ ।

जिउँदो भुरालाई पहेँलो लेदोमा चोपलेर माछाको मुखभित्र पनि कोचिदिएसँगै दमरोगीको गर्धन अठ्याउँदै मुख आँ… गर्न लगाएर भुरा मुखभित्र हालिदिन्छन् अनि माछा बाहिर निस्कन नपाओस् र भित्र जाओस् भन्नका लागि घाँटीभित्रै आफ्ना औँला चिप्काउँछन् ।

त्यसपछि दमरोगीको घाँटीको मज्जाले मसाज गरिदिन्छन् । घाँटीमा माछा छिरेर फटफटाउँदा मानिसहरुलाई असह्य हुँदोरहेछ त्यसैले आत्तिएर उपि|mन्छन् पनि । बालबालिका त रोइकराइ पनि गर्छन् ।

live fish kill (1)

यो वैद्य परिवारका अनुसार उक्त पहेँलो लेदो उनीहरुका पुर्खाले सन् १८४५ मा एकजना हिन्दु पुजारीबाट प्राप्त गरेका थिए । त्यसपछि उनीहरुले सोही मुताविक जडिबुटी संकलन गरी उक्त लेदो तयार गर्दै आएका छन् ।

जिउँलो सार्डिन तथा मरेल जातको समुद्री माछाको भुरा ५ सेन्टिमिटर सम्म लामा हुन्छन् र चिप्लो भएको हुँदा मानिसको घाँटीबाट फटफटाउँदै भित्र छिरेर पेटसम्म पुग्दछन् ।

यसरी माछा फटफटाउँदै घाँटीबाट पेटसम्म पुग्दा घाँटी तथा सास फेर्ने नली सफला हुने र त्यसले दम लगायतका स्वास प्रस्वास सम्बन्धि रोगहरु निको हुने दाबी बथिनी परिवारको रहेको छ । तर लगातार तिन वर्षसम्म यस्तो उपचार अपनाउनुपर्ने बताइएको छ ।

यो उपचार गरेर माछा निलेपछि ४५ दिनसम्म खानपिनमा बार्नुपर्छ । उनीहरुले यो उपचारका लागि कुनै शुल्क लिँदैनन् । हरेक वर्ष मनसुन सुरु हुने जुन महिनाको विशेष दिनमा यो उपचार गरिन्छ ।

live fish kill (3)

तर डाक्टर तथा मानवअधिकारवादीहरुले भने यस्तो उपचार विधिको विरोध गर्दै यो अवैज्ञानिक, अस्वस्थकर रहेको र मानव अधिकारको हनन समेत भएको बताएका छन् ।

तर भारत सरकार आफैले यो माछा उपचार पर्वमा सहभागी हुन जानेका लागि छुट्टै रेलसेवाको बन्दोबस्त गर्दै अतिरिक्त प्रहरी सुरक्षाकर्मी समेत परिचालन गर्दै आएको छ ।

live fish kill (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment