Comments Add Comment

चर्चको गोलीकाण्डपछि नश्लवादमा फस्यो अमेरिका

८ असार, काठमाडौं । गत साता चर्चमा भएको गोलीकाण्डपछि अमेरिकामा जातीय एवं नश्लवाद सम्बन्धी पुरानो विभेदले टाउको उठाउन थालेको छ । अमेरिकीहरुको डीएनएमै कालाजातिलाई विभेद गर्ने नश्लवाद रहेको स्वयं राष्ट्रपति ओबामाले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

Interview-with-Obama
अमेरिकी राष्ट्रपति ओबामाले गोरा जातिहरुलाई असन्तुष्ट गराउनेखालको विवादास्पद अभिव्यक्ति दिएपछि आधुनिक अमेरिका पुनः काला र गोराजातिको विवादमा तानिएको छ ।

एक रेडियोलाई दिएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले अमेरिकीहरुको डीएनएमा नश्लवाद रहेको बताएका छन् ।

अन्तरवार्तामा ओबामाले निगर (निग्रो ) शब्दको समेत प्रयोग गरेका छन्, जुन अमेरिकी समाजमा विभेदको परिचायक मानिन्छ । ओबामाले हास्य अभिनेता मार्क म्यारोनलाई दिएको अन्तरवार्ता रेडियोमा प्रसारित छ ।

अघिल्लो साता दक्षिणी क्यारोलिनामा एक स्वेत किशोरले चर्चमा गरेको अन्धाधुन्ध गोली प्रहारमा ९ जना काला जातिका नागरिकको मृत्यु भएपछि राष्ट्रपति ओबामाले यसलाई नश्लभेदसँग जोड्ने प्रयास गर्दै आएका छन् ।
marc maron
बन्दुकधारी २१ वर्षीय मार्क मेरोनले गोलीप्रहारका क्रममा अफ्रिकी मूलका अमेरिकी पीडितलाई भनेका थिए, तिमीहरुले हाम्रा महिलालाई बलात्कार गरेका छौ र हाम्रो भूमि लिएका छौ, तिमीहरु यहाँबाट जानुपर्छ ।’

अमेरिका त्यस्तो देश हो, जहाँ दासयुगमा गोराहरुले कालाजातिलाई अमानवीय व्यवहार गर्दथे । तर, आधुनिक समाजमा प्रवेश गरिसकेको अमेरिकामा अझैसम्म काला जातिमाथि भेदभाव रहेको यो घटनाले संकेत गरेको छ, जसलाई राष्ट्रपतिले समेत स्वीकारेका छन् ।

तर, आफ्नो वाल्यकालमा भन्दा भन्दा अहिले नश्लभेदमा धेरै सुधार आएको राष्ट्रपति ओबामाले बताएका छन् । यो विभेद रातारात नहट्ने र लामो समयसम्म रहिरहने उनको तर्क छ ।
अमेरिकी राष्ट्रपतिले रेडियो अन्तरवार्तामा भनेका छन्-  ‘यो केवल खुल्लम खुल्ला भेदभादको विषय होइन, समाजमा रातारात यो विभेदलाई हटाउन सकिँदैन, जुन २/३ सय वर्षदेखि भएको थियो यसमा दास प्रथावाला अमेरिकी इतिहासको लामो छायाँ छ, जुन हाम्रो डीएनएको हिस्सा हो र अहिलेसम्म अघि बढिरहेको छ ।’

बन्दुकधारीको तस्वीर सार्वजनिक
flag
यसैवीच चर्चमा बन्दुक प्रहार गर्ने अमेरिकी युवकका केही तस्वीरहरु इन्टरनेटमार्फत् सार्वजनिक भएका छन् । तस्वीरमा उनले अमेरिकाको झण्डा जलाइरहेको र बन्दुक बोकेको दृश्य देख्न सकिन्छ ।
With gun
अमेरिकामा खुल्ला रुपमा बन्दुक बोक्न पाइने कानून छ । राष्ट्रपति ओबामा नागरिकलाई बन्दुक बोक्न दिने कानून परिमार्जनको पक्षमा छन् । तर, यससम्बन्धी विधेयकलाई सिनेटले रोकेर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment