Comments Add Comment

क्रिकेट प्रशिक्षक पुबुदुको कार्यकाल ६ महिना थप

Cricket Assocation and Pubudu contract 1

८ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायेकको कार्यकाल ६ महिना थपिएको छ ।

सरकारले गरेको सम्झौता सकिने केही दिन बाँकी छँदा नेपाल क्रिकेट संघले अर्को सम्झौता गरेको हो । उनको कार्यकाल जुलाई १५ सम्म मात्र थियो ।

नयाँ सम्झौता अनुसार अब डिसेम्बर ३१ सम्म पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक रहनेछन् । सम्झौता पत्रमा मंगलबार प्रशिक्षक पुबुदु र क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले हस्ताक्षर गरे ।

श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु लामो अवधीको सम्झौता भए मात्र नेपालमा बस्ने मनस्थितिमा थिए । क्रिकेट संघमा देखिएको विवाद लगायतका कारण उनी छोटो अवधिको सम्झौता गर्नुभन्दा नेपाल छाड्न चाहन्थे ।

Cricket Assocation and Pubudu contract

तर, मंगलबार नयाँ सम्झौता भएको छ । क्यान, मन्त्रालयको आफ्नै समस्या बुझेर आफू सम्झौताका लागि तयार भएको उनले बताएका छन् ।

‘विश्वकप छनोटपछि म आफ्नो निजी जिन्दगी विताउन चाहन्थेँ । तर, क्यानले डिसेम्बरसम्म बसोस् भन्ने चाहृयो’ प्रशिक्षक पुबुदुले भने-‘मैले नेपालमा हात राखेको छु । त्यसैले मैले त्यसै छोड्न पनि मिलेन ।’

क्यानका कार्यबाहक अध्यक्ष कोइरालाले भने टी-२० विश्वकप छनोट अघि सकारात्मक सन्देश दिन पनि तत्काल सम्झौता गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment