Comments Add Comment

साढे ४ करोडमा बिक्यो हिटलरको पेन्टिङ

hitler painting auctioned in germany

जर्मनीका क्रुर शासक हिटलरको मृत्यु भएको ७० वर्ष पुगिसकेको छ । तर उनले तयार पारेको पेन्टिङ भने किर्तिमानी भाउमा लिलामी भएको छ ।

एडोल्फ हिटलरले बनाएका कलाकृतिहरुका लिलामी गर्ने क्रममा उनले बनाएका १४ वटा पानीरङका कलाकृति तथा चित्रहरु कुल ४० लाख युरो अर्थात् करीब ४ करोड ५८ लाख रुपैयाँ मूल्य परेको हो ।

हिटलरले तयार पारेको बाभारियाको चर्चित बंगला न्युस्चवान्स्िटनको पेन्टिङ सबैभन्दा उच्च मूल्यमा लिलाम भयो । उक्त पेन्टिङलाई चीनका एक व्यक्तिले १ लाख युरो अर्थात १ करोड १३ लाख रुपैयाँमा बिक्रि भएको हो ।

जर्मनीको न्यूरेम्बर्गमा विल्डर नामक लिलामी संस्थाले गरेको लिलाम बिक्रिमा हिटलरको हस्ताक्षरवाला अर्को तस्वीरु ७२ हजार युरोमा बिक्रि भएको छ ।

स्मरण रहोस् गएको वर्ष सोही संस्थाले हिटलरका केही कलाकृतिहरुलाई लिलाम गरेको थियो । सन् १९१४ मा हिटलरले तयार पारेको म्युनिख हलको उक्त कलाकृति डेढ करोड रुपैयाँ भन्दा बढिमा विक्रि भएको थियो ।

विल्डरका अनुसार हिटलरका कलाकृतिहरुमा लिलामको बोली लगाउनेहरुमा ब्राजिल, युएइ, प|mानस तथा जर्मनी लगायतका देशका मानिसहरु थिए ।

हिटलरका कलाकृतिको पछिल्लो लिलामीसँग हिटलरका विषयमा एउटा नयाँ तथ्य पनि सार्वजनिक भएको छ । उक्त तथ्य अनुसार २० औँ सताब्दीको सुरुमा हिटलरले भियना कला एकेडेमीमा जागिर खानका लागि दुइपटक प्रयास गरेका थिए । तर दुवैपटक उनी असफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment