Comments Add Comment

कविता-अरु सँगै नाँच्नु पर्छ

दलबहादुर बस्नेत

आँफू मात्र होइन है,
अरुले पनि बाँच्नु पर्छ ।

अवसर आँफै होइन है,

अरुलाई पनि बाँड्नु पर्छ ।
सुखमा मात्र होइन है,
दुःखमा पनि हाँस्नु पर्छ ।

बहकिने बानी होइन है,
ठिक बेठिक जाँच्नु पर्छ ।
आँफै एक्लै होइन है,
अरु सँगै नाँच्नु पर्छ ।

Dalbhadur-Basnet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment