Comments Add Comment

अमेरिकाले फ्रान्सका राष्ट्रपतिको जासुसी गरेको खुलासा

९ असार, काठमाडौं । अमेरिकाले फ्रान्सेली राष्ट्रपतिको जासुसी गरेको विकिलिक्सले खुलासा गरेको छ । सन् २००६ देखि २०१२ को बीचमा अमेरिकी सुरक्षा एजेन्सी एनएसएले फ्रान्सेली राष्ट्रपतिको जासुसी गरेको विकिलिक्सले जनाएको छ ।

Chirac,-Sarkozy-and-Hollande

गोप्य सूचनाहरु बाहिर ल्याएर चर्चित विकिलिक्सका अनुसार एनएसएले ज्याक सिराक, निकोलस सार्कोजी र फ्राँस्वा ओलाण्डको जासुसी गरेको थियो । यसअघि सन् २०१३ मा एनएसएले नै जर्मन चान्सलर एन्जेला मर्केलको पनि जासुसी गरेको आरोप लागेको थियो ।

ओलाण्डले डाके रक्षा परिषद बैठक

विकिलिक्सको यो खुलासाबारे अमेरिकाले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । तर, ओलाण्डले यसबारे छलफल गर्न रक्षा परिषदको बैठक डाकेका छन् ।

विकिलिक्सले भनेको छ कि उसँग दुईवटा दस्ताबेज छन्, जसमध्ये एउटामा राष्ट्रपति ओलान्डले गि्रसको युरोजोनबाट बाहिर निस्कनेबारे छलफल गरेका छन् भने अर्को दस्तावेज प्यालेष्टाइन र इजरायलबीच शान्तिवार्ता गराउने विषयसँग सम्बन्धित छ ।

यससम्बन्धी दस्तावेज अमेरिकी सुरक्षा एजेन्सीका पूर्व कर्मचारीबाट बाहिरिएको बताइएको छ । विकिलिक्सले सार्बजनिक गरेका जासुसी सम्वन्धि फाइलहरु फ्रान्सको लिबरेशन डेलीलगायतका वेबसाइटले छापेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment