Comments Add Comment

लिभुरपुलले भूकम्प पीडितलाई १० हजार पाउण्ड जुटायो

Steven-Gerrard

९ असार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले नेपालका भूकम्प प्रभावितका लागि झण्डै १० हजार पाउण्ड सहयोग जुटाएको छ ।

भूकम्प प्रभावितका लागि सहयोग जुटाउन लिभरपुलले क्यूपीआरविरुद्धको खेलका क्रममा प्रयोग भएको १४ जर्सी लिलामीमा राखेको थियो । जसमा स्टफेन जरार्डको समेत जर्सी थियो ।

जर्सी लिलामीबाट ९ हजार ९१४ पाउण्ड अर्थात झण्डै १६ हजार उठेको छ । यो रकमबाट भूकम्प प्रभावितका लाागि खाना, ब्लांकेट, पानी, औषधी सहयोग गरिने लिभरपुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment