Comments Add Comment

योग गर्दागर्दै निदाए मन्त्री, बने मजाक

suresh-prabhuजुन २१ तारिखलाई विश्व योग दिवसमा रुपमा स्थापित गर्न भारतले कुनै कसर बाँकी राखेन् । राष्ट्रसंघलाई कन्भिन्स गर्दै मोदीले संसारभर योगलाई परिचित बनाए, आफै योगा गरेर बिश्व रेकर्ड कायम पनि गराए ।

तर, मोदीकै एक बरिष्ठ मन्त्री भने योगा दिवसका दिन योग गर्दागर्दै निदाएपछि यतिबेला मजाक बनिरहेका छन् । भारतीय रेल मन्त्री सुरेश प्रभु योग गर्दागर्दै निदाइरहेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भारतीय पत्रिका नवभारत टाइम्सले जनाएअनुसार योगा सेशनका क्रममा प्रशिक्षकले सभासनका लागि सहभागीलाई आग्रह गरे । सभासन गरेर सवैजना उठिसक्दा पनि मन्त्री प्रभु भने उठेनन् । निकैवेरसम्म मन्त्रीले उठने छाँट नदेखाएपछि छेउँछाउँ बसेकाहरुको ध्यान उनीतिर गयो । प्रशिक्षक नजिक पुग्दा मात्र उनी सुतिरहेको पत्ता लाग्यो । प्रशिक्षकले मन्त्रीलाई उठाउँदासम्म तस्वीर क्यामेरामा कैद भइसकेको थियो ।

CIIGSw5VEAA3Ju5

योग दिवसको अवसरमा बीजेपीले मन्त्रीहरुलाई अलग-अलग स्थानमा योगका लागि पठाएको थियो । रेलमन्त्री प्रभु भने केरलाको कोच्चीमा आयोजित कार्यक्रममा सहभागी थिए ।

उनको यो तस्वीर त्यहाँको स्थानीय दैनिक पत्रिकाले प्रमुख तस्वीरका रुपमा प्रकाशन गर्‍यो । त्यसपछि केन्द्रीय रेलमन्त्रीको निद्राबारे दिल्लीमा हल्ला सुरु भयो । यतिबेला रेलमन्त्रीलाई प्रशिक्षकले उठाइरहेको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment