Comments Add Comment

भूकम्पपछि पनि उस्तै सुन्दर छ ललितपुरको पर्यटन (फोटोकथा)

patan 650 (1)

१० असार, ललितपुर । ऐतिहासिक र पुरातात्विक रुपमा महत्वपूर्ण ललितपुर शहरमा निजी घरहरु धेरै भत्किएपछि पर्यटकीय महत्वका संरचनामा महाभूकम्पको वितण्डा देखिएन ।

पर्यटकहरु दिन दिनै डुल्ने पाटन संग्रालय, बंगलामुखी, गोल्डेन टेम्पल, मच्छिन्द्र बहाल र रुद्रवर्ण महाविहारमा पनि कुनै संरचना भत्केका छैनन् । अहिले दरवार परिसरको मुलचोक र सुन्दरीचोक, भण्डारखालचोक, सिद्धिपोखरी र सप्निल बगैचा उत्तिकै सुन्दर र सुरिक्षत छ ।

patan 650 (2)
तलेजु घण्टा

पाटन दरबार क्षेत्रका धातुकला, काष्ठकला र प्रस्तरकलाको अनुपम नमूना अहिले पनि दुरुस्तै छन् । यहाँका मन्दिरहरुका टुँडाल चौकोस र आँखीझ्यालहरुमा भत्केका छैनन् भने बहाल, विहार र स्पुतामा पनि क्षति छैन, न त मूर्तिहरु नै फुटेका छन्  ।

पाटन दरवार स्क्वायर परिसरको सम्पदा क्षेत्रका शंकरनारायण र चार नारायण मन्दिर पूर्ण क्षति भयो । पाटन क्षेत्रकै बंगलामुखी, तलेजु र देउ तलेजुको गजुरमा आंशिक क्षति बाहेक अरु सम्पदाहरुमा गम्भीर ठूला दुर्घटना भएनन् ।

भूकम्पपछि अन्य ठाँउ भन्दा ललितपुरका शहरी क्षेत्र तुलनात्मक रुपमा सुरक्षित देखियो । लतितपुरका शहरमा पिलर घरहरु उति साह्रो ढलेका देखिएनन । बजारका पुराना बस्ती ध्वस्तको अनुपात पनि ज्यादै कम छ । भूकम्पको कारण मृत्यु भएको संख्या अतिप्रभावित सबै जिल्ला भन्दा कम १८६ मात्रै छ ।
सरकारले भूकम्पपछि बन्द पाटन दरवार स्क्वायरलगायत ललितपुरका सबै पर्यटकीय क्षेत्र भर्खरै खोलेको छ । भूकम्पपछि ललितपुर शहरका सुन्दर पर्यटकीय क्षेत्र कस्ता भए होला ? एकपल्ट आफै घुमेर हेर्दा कसो होला ?

Patan (1)
कृष्णमन्दिर ।
Patan (18)
सुन्दरीचोकमा रहेको सुनको धाराबाट पानी झर्दै ।
Patan (6)
लगनखेलको अशोक स्तुपा
Patan (3)
सुन्दरी चोकमा गंगा जमुनाको सुनको प्रतिमा र कलात्मक ढोका ।
Patan (9)
सुन्धाराको धाराहरु ।
Patan (8)
भुकम्पपछि उचाईबाट हेर्दा दरवार स्क्वायर ।
Patan (4)
गोल्डेन टेम्पल ।
Patan (19)
पाटन दरवारमा राखिएको कलात्मक गजुर ।
Patan (2)
पाटन संग्रालय ।
Patan (5)
दरवार स्क्वायर क्याफे ।
Patan (7)
भुकम्पबाट बच्न सफल विश्वनाथ मन्दिर ।

Patan (10) Patan (11) Patan (12) Patan (13) Patan (14) Patan (15) Patan (16) Patan (17)

यो पनि पढ्नुस्

अझै उस्तै छ भक्तपुरको सुन्दरता फोटो फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment