Comments Add Comment

राखेप सदस्य सचिवमा केशव विष्ट नियुक्त

Keshav-Bista (2)

१० असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिष्द राखेपका सदस्य सचिवमा केशव विष्ट नियुक्त भएका छन् । उनले बिहिबार नै पदभार ग्रहण गरेका छन् ।

युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले परिषद् अध्यक्षको हैसियतमा विष्टलाई सदस्यमा नियुक्त गरेका हुन् । लगतै उनलाई सदस्य सचिवको समेत जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले अनलाइनखबरलाई बताए ।

विष्ट सेपाकटाक्रो संघका कार्यबाहक अध्यक्ष हुन् । इन्चोन एसियाडमा सेपाकटाक्रोका खेलाडी अमन पोडे कोरियामै लुकेपछि मन्त्री पौडेलको नेतृत्वको राखेपले विष्टलाई एक वर्षसम्म खेलकुदसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिवन्ध लगाएको थियो ।

राखेप सदस्यमा तीन सदस्य रिक्त भएपछि पौडेलले विष्टसागै पौडी संघका राजेन्द्र श्रेष्ठ राजुसहित तीन जनालाई नियुक्त गरेका थिए ।

खेलकुद विकास ऐनको दफा ३ को ३ अनुसार विष्टलाई सदस्य सचिव बनाइएको शर्माले बताए  । विष्ट सेपाटाक्रो संघका कार्यबाहक अध्यक्ष हुन् ।

पदाबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सदस्य सचिव विष्टले खेदकुद र खेलकुदको समस्यालाई आफूले राम्रोसँग बुझेको बताए ।

उनले खेलकुद क्षेत्रमा देखिएको विवाद समाधान आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले चार वर्षे कार्यकालमा गर्ने कामबारे छिट्टै स्वतेपत्र जारी गर्ने समते बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment