Comments Add Comment

रेखा थापाको गाउँमा फिल्म नचलेपछि राखेपको सदस्य सचिव बने विष्ट

१० असार, काठमाडौं । सुनसरीका एमाले नेता केशव बिष्ट राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका छन् । एकाएक खेलकुद क्षेत्रको नेता बनेका विष्ट एकजना त्यस्ता व्यवसायी हुन् जसले फिल्म हलमा गरेको लगानी डुबाए, सुनसरीको इटहरीमा एउटा साप्ताहिक पत्रिकालाई पनि निरन्तरता दिन सकेनन् ।Keshav-Bista-1

हाल इटहरी घर भएका विष्ट एक समय एमालेको युवा संघका सुनसरी जिल्ला अध्यक्ष थिए । पछि उनी युवा संघको केन्द्रीय सदस्यसमेत बने । हाल उनी एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य छन् ।

शारीरिकरुपमा चिटिक्क परेका विष्टमा एक समय फिल्मी कलाकार बन्ने भुत चढेको थियो । यही भएर उनले ‘देउमाइको किनारमा’ नामक जनवादी चलचित्रमा अभिनयसमेत गरे ।

फिल्मी क्षेत्रमा लाग्ने धुनसँगै विष्टले मोरङको बिराटचोक (रेखा थापाको गाउँ) मा फिल्म हलसमेत चलाए । तर, त्यहाँ उनी आर्थिकरुपमा फसेको बिराटचोकबासी बताउँछन् ।

बिराटचौकको फिल्म हल नचलेपछि विष्टले केही समय इटहरीको एक साप्ताहिक पत्रिकामा लगानी गरे । तर, उनले लगानी गरेको सौजन्य साप्ताहिक अहिले बन्द छ ।

नवनियुक्त राखेप सचिव विष्टलाई व्यवसायमा असफल मात्रै भनियो भने उनीमाथि अन्याय हुन्छ । मृदुभाषी एवं मिलनसार स्वाभावका विष्टले युवासंघको राजनीतिसँगै इटहरीमा जग्गा दलालीको कामसमेत गरे ।

अहिले विष्टले आर्जन गरेको सम्पत्ति सोही जग्गा कारोबारबाट प्राप्त भएको इटहरीबासीको विश्लेषण छ । उनीबारे इटहरीका एक स्थानीयले अनलाइनखबरसँग भने- ‘विष्ट आर्थिकरुमा इमान्दार मानिन्छन्, अहिलेसम्म यो मामिलामा उनीमाथि प्रश्न उठेको छैन, उनी खेलकुद क्षेत्रको नेतृत्व गर्न सक्षम व्यक्ति हुन् ।’Keshav-Bista

हाल सुनसरीको इटहरीमा सञ्चालित एकापस सहकारी संस्थामा विष्टसमेत आवद्ध छन् । सो सहकारी इटहरीमा राम्रोसँग फस्टाएको छ ।

यद्यपि बिराटनगरका कतिपयले स्थानीयले चाँहि केशव विष्ट क्षेत्रीय खेलकुद विकास समितिमा रहेकै बेला बिराटनगर रंगशालाको रेलिङ निर्माणबारे प्रश्न उठेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment