Comments Add Comment

विद्यार्थीहरुले बनाए अनौठो स्मार्ट कण्डम, यौनरोग संक्रमण हुँदा चम्किने

condom
१३-१४ वर्ष उमेरका किशोर विद्यार्थीहरुले दुनियामै अहिलेसम्म नभएको अनौठो आविष्कार गरेर सबैलाई अचम्ममा पारेका छन् । बेलायतको लण्डनस्थित आइज्याक न्युटन एकेडेमीमा अध्ययनरत तिनजना किशोरहरुले यस्तो कण्डमको विकाश गरेका छन् जो यौनरोगका जिवाणुहरु भेट्ने बित्तिकै चम्किन थाल्छ ।

दी एस टी आइ कण्डम नामको उक्त अनौठो कण्डम निर्माण गर्ने विद्यार्थीहरुमा १३ वर्षका मुआज नवाज, १४ वर्षका डानयाल अली र १४ वर्षका चिराज शाह रहेका छन् ।

उनीहरुको यो आविष्कार विश्वमा बढ्दो यौनरोगको संक्रमण विरुद्धको लडाइँमा कामयावी हुने विश्वास गरिएको छ । उनीहरुको यो आविष्कारले टिन टेक अवार्ड समेत हात पारेको छ ।

उनीहरुले तयार पारेको यो कण्डममा यस्तो अणुहरुको प्रयोग गरिएको छ जुन यौनरोगका ब्याक्टेरिया तथा भाइरसको सम्पर्कमा आउँदै बित्तिकै चम्किन थाल्छ ।

condom 2

अझ रोचक कुरा त के भने कण्डम चम्किँदा कस्तो रङको प्रकाश निस्क्यो भन्ने आधारमा कुन यौनरोगको जिवाणु हो भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

क्लेमाइडिया जिवाणुको संक्रमण हुँदा हरियो, हर्पसको संक्रमण हुँदा पहेँलो, भिरिंगीको संक्रमण हुँदा निलो तथा यौनांगमा धब्बा गराउने भाइरसको संक्रमण हुँदा बैजनी रङको प्रकाश निकालेर कण्डम चम्किन थाल्दछ ।

यद्यपि यो चम्किने कण्डम अहिले नै बजारमा उपलब्ध भने छैन । टिन टेक अवार्ड आयोजकका अनुसार तत्कालका लागि यो केवल अवधारणा मात्र हो र यसको डिजाइनले अन्तिम रुप पाइसकेको छैन ।

यद्यपि यो आविष्कारले अबको युग स्मार्ट कण्डमको युग भएको भने प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment