Comments Add Comment

इन्टरनेटको लत छुटाउन ‘डिजिटल डिटोक्स क्लिनिक’ (भिडियो सहित)

internet

विश्वमा इन्टरनेटको अत्यधिक लत युवाहरुमा समस्याको विषय बनिरहेको छ । यसले मानिसहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समेत असर पारिरहेको छ । अझ जापानमा यो समस्या अत्यधिक रहेको छ । ५ लाख जापानी युवाहरुमा इन्टरनेट एडिक्सनको समस्या रहेको बताइएको छ ।

दिनमा घण्टौँसम्म अनलाइनमा बिताउने किशोरकिशोरीहरुमा स्कुल छाड्ने अर्थात् ड्रप आउट गर्ने जोखिम उच्च हुनुका साथै निद्रा नलाग्ने लगायतका समस्या समेत देखिन थालेका छन् ।

देशका युवा तथा किशोर वयका मानिसहरुमा देखिएको यो समस्यालाई समाधान गर्नका लागि जापानले अनौठो उपाय अपनाएको छ ।

जापानमा अहिले इन्टरनेटको लतमा फसेकाहरुको बानी छुटाउनका लागि ‘डिजिटल डिटोक्स क्लिनिक’हरु धमाधम खुल्न थालेका छन् ।

इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेकाहरुका लागि इन्टरनेटको कुलतको बानी छुटाउने यी उपचार केन्द्रहरुले इन्टरनेटका भोका युवाहरुलाई आफ्ना ग्याजेट घरमै थन्काउन प्रेरित गर्दछन् ।

इन्टरनेटका अम्मलीहरुलाई इन्टरनेट उपवासमा राखिन्छ र उनीहरुलाई केही समयको लागि भएपनि अनलाइनको भर्चुअल संसारबाट बाहिर निकालेर वास्तविक अफलाइन संसारको साक्षात्कार गर्ने अवसर दिइन्छ । इन्टरनेटको कुलतमा फसेकाहरुका लागि यी उपचार केन्द्रमा राखेर विभिन्न खाले थेरापी समेत गराइन्छ ।

जापान सरकारले सुरु गरेको डिजिटल डिटोक्स कार्यक्रमको बारेमा अल जजिराले तयार पारेकेा भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment