Comments Add Comment

एएफसी यू-१६ छनोटमा नेपालको पहिलो खेल जोर्डनसँग

११ असार, काठमाडौं । एएफसी यू-१६ च्याम्पियनसिप छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग खेल्ने भएको छ ।

Afc-u16-qualifiersएसियन फुटबल महासंघले शुक्रबार एएफसी यू-१६ र यू-१९ छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।

यू-१६ को छनोट अन्तरगत समूह बीको खेलहरु सेप्टेम्बर १६ देखि २० सम्म कीर्गिस्तानको विसकेक शहरमा हुनेछ ।

जसमा नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा जोर्डनसँग हुनेछ । सेप्टेम्बर १८ मा घरेलु टोली किर्गिस्तानसँग खेल्नेछ भने अन्तिम खेल २० तारिखमा ओमानसँग हुनेछ ।

यू-१६ छनोटमा ४५ देशले प्रतिस्पर्धा गर्नेछटन् । ११ समूह विजेता र दोस्रो स्थानमा रहेका चार उत्कृष्ट टीम अन्तिम चरणमा पुग्नेछन् । आयोजक भारतले स्वतः अन्तिम चरणमा स्थान बनाउनेछ ।

यू-१९ छनोटमा नेपाल रहेकेा समूह इको खेल इरानमा अक्टोबर २ देखि ६ तारिखसम्म हुनेछ । समूह ईमा नेपालसँगै आयोजक इरान, कुवेत र जोर्डनसँग खेल्नेछ ।

नेपालले पहिलो खेल अक्टोबर २ मा घरेलु टोलीसँग खेल्नेछ । कुवेतसँग ४ र जोर्डनसँग अक्टोबर ६ मा खेल हुनेछ ।

यू-१९ छनोटमा ४३ देश सहभागी छन्, जसबाट अन्तिम चरणमा १६ टीम पुग्नेछ । आयोजक बहराइन भने स्वत स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment