Comments Add Comment

फ्रान्समा चरमपन्थी आक्रमण, एकको मृत्यु

France-attack

११ असार, काठमाडौं । फ्रान्सको लियोन नजिकै एक ग्यास प्लान्टमा भएका संदिग्ध इस्लामी चरमपन्थी आक्रमणमा एक ब्यक्तिको मृत्यु भएको छ । अर्को एक गम्भीर घाइते भएका छन् ।

बीबीसीका अनुसार सान्ट-क्वाटन-फालवियास्थित एक फ्याक्ट्रीमा केही सानो विस्फोटहरु समेत भएको छन् । अरवी अक्षरले केही लेखिएको एक झण्डा बोकेर दुई युवक प्रवेश गरेको बताइएको छ ।

सरकारी अधिकारीहरुले एक संदिग्ध आक्रमणकारी पक्राउ परेको बताएका छन् ।  फ्रान्सका प्रधानमन्त्रीले लियोन आसपासका संवेदनशील ठाउँमा सुरक्षा बढाउन आदेश दिएका छन् ।

राष्ट्रपति फ्रान्स्वा ओलण्ड ब्रासेल्समा भइरकेको इयु समिट छाडेर फ्रान्स फर्कने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment