Comments Add Comment

नेपाल पुलिस क्लबलाई टेलिकमको साथ

Nepal-Telicom-and-Police-club

११ असार, काठमाडौं । नेपाल पुलिसको पुरुष तथा महिला फुटबल टीमलाई नेपाल टेलिकमले प्रयोजन गर्ने भएको छ ।

एक वर्षे प्रायोजन सम्वन्धी सम्झौतामा नेपाल प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले हस्ताक्षर गरेका छन् ।

टेलिकमले नेपाल प्रहरीको पुरुष फुटबल टिमलाई २०६८ सालदेखि र महिला फुटबल टिमलाई २०७० सालदेखि प्रायोजन गर्दै आएको छ । साथै नेपाल टेलिकम यो वर्षबाट नेपाली क्रिकेटको पहिला र पुरुष टीमको समेत प्रमुख प्रयोजक बनेको छ ।

सम्झौता अनुसार नेपाल टेलिकम २०७१ पुस १५ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्म नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक रहने छ ।

प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष फुटबल टिमलाई १६ लाख र महिला फुटबल टिमलाई ६ लाख गरी जम्मा २२ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

टेलिकमको केन्द्रीय कार्यालयमा शुक्रबरा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले प्रहरी महानिरीक्षक अर्याललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् ।

प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले प्रायोजनबापत आउने सम्पूर्ण रकम खेलको विकास र खेलाडीको सुविधामा खर्चिने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment