Comments Add Comment

पोर्चुगल जाने लागेकी लेखालाई दीपकले यसरी ठगे

११ असार, काठमाडौं । एकपटक अपराध गरेर जेल परेको व्यक्तिले जीवीकोपार्जनको उपाय नभेटेपछि फेरि त्यस्तै आपराधिक धन्दा गर्दोरहेछ । हातहतियार मुद्दामा तीन वर्ष जेल बसेर छुटेका एक युवक फेरि ठगी धन्दामा लागेपछि दोहोरिएर जेल जान लागेका छन् ।

Deepak-Chattri

 

युवतीमाथि ठगी गरेको आरोपमा मकवानपुर हेटौंडाका दीपक क्षेत्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ परेको छ । ०६७ सालमा अवैध अमेरिकन पेस्तोलसहित पक्राउ परेका उनी तीन वर्ष जेल बसेर छुटेका थिए ।

तर, दीपकले फेरि ठगीको धन्दा सुरु गरे । जेलबाट छुटेपछि कतै जागिर खान नसकेकोपछि ठगीमा लागेको उनले बयान दिएका छन् । प्रहरीका अनुसार दिकपले वैदेशिक रोजगारीका लागि पोर्चुगल जान काठमाडौं आएकी दाङकी लेखा घर्तीलाई जालमा फसाए ।

पासपोर्ट बनाउन काठमाडौं आएकी दाङ तुलसीपुर घर भएकी लेखा गोंगबुको हिल्टन होटलमा बसिन् । दिपक र उनको त्यही चिनजान भयो र उनी दिपकको जालमा फस्दै गइन् ।

दीपकले जडीबुटी व्यवसायमा पार्टर बनाउँछु र राम्रो नाफा पनि हुन्छ भनेपछि लेखा पनि लोभिइन् । उनले विदेश जान जम्मा पारेको ८ लाख रकमसँगै सुनको औठी र सक्री बुझाए ।

दीपकले केही दिनअघि लेखालाई हिल्टन होटलमै भेटे र काम सम्पन्न भयो, तपाईको रकम भन्दै लेखालाई ब्याग थमाएर हिँडे । तर, खोलेर हेर्दा रुपैयाँको साइजमा काटिएको कागजको पाँच बटा बण्डल मात्र भेटिएपछि लेखा छाँझाबाट खसेझै भइन् ।

लेखाले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि दिपकलाई बाफलबाट पक्राउ गरेको छ । ‘कोठा सर्ने तयारीमा रहेछन् । केही घन्टा मात्र ढिलो भएको भए उनले राजधानी छाडिसक्ने रहेछन्’ डीएसपी बसन्त रजौरेले अनलाइनखरबसँग भने ।

प्रहरीको साथबाट ७९ हजार नगद, सुनको सिक्री, बा ५६ प ८६०० नम्बरको स्कुटर, बरामद भएको छ । प्रहरीका अनुसार दिपकले लेखाबाट ठगेको रकमबाट हालै मात्र स्कुटर किनेका रहेछन् । बा ५६ प ८६०० नम्बरको स्कुटर असार ७ गते मात्र पास भएको पाइएको छ ।

उनलाई ठगी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment