Comments Add Comment

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

Argentina

१२ असार, काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार विहान भएको क्वार्टरफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गरेको छ । पेनाल्टी सुट आउटमा तीन पकट अबसर चुकाएको अर्जेन्टिनाका लागि कार्लोस टेभेजले विजयी गोल गरेका थिए ।

कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले उत्कृष्ट प्रदर्शन गरेपछि निर्धारित मयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
Messi

अर्जेन्टिना खेलमा हावी भएको थियो । तर, कोलम्बियाको डिफेन्स र गोरक्षक ओस्पिनाले अर्जेन्टिनी स्ट्राइकरहरुलाई गोल गर्ने मौका दिएनन् ।

ओस्पिनाले सर्जिओ एग्युरो र लिओनल मेस्सीको गोल प्रयास असफल पारेका थिए । दोस्रो हाफको अन्तिमतिर ओस्पिना बिट भइसकेको अवस्थामा कोलम्बियाका डिफेण्डरले दुई पटक गोललाइनबाट क्लियर गरे ।

कोलम्बियाले भने एक मात्र गोल गर्ने मौका श्रृजना गरेको थियो । जसलाई अर्जेन्टिनाका गोलरक्षक सर्जिओ रोमेरोले असफल पारे ।

Ospina
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइयो । कोलम्बियाका जेम्स रोड्रिग्वेज, अर्जेन्टिनाका लिओनल मेस्सीले गोल गरे । त्यसपछि कोलम्बियाका फल्काओ र जुआनले पनि गोल गरे भने अर्जेन्टिनाका गरायेले गोल गरे ।

तर, कोलम्बियाका मुरिलोको प्रहार आकासियो भने अर्जेन्टिनाका लाभाजी र कोलम्बियाका कार्डोनाले गोल गरे । अर्जेन्टिनाका लुकास विग्लियासँग गोल गर्दै अर्जेन्टिनालाई जिताउने मौका थियो । तर, उनको प्रहारले सही दिशा लिन सकेन ।

टाइब्रेकर ४-४ मा सकिएपछि सडन डेथ सुरु भयो । तर, कोलम्बियाका जुआन जुनिगा चुके । अर्जेन्टिनाका रोजाको प्रहार बारमा लागेर फर्कियो ।

Tevez
कोलम्बियाका मुरिलोले प्रहार आकासियो र, अर्जेन्टिनाले फेरि मौका पायो । जसलाई कार्लोस भेटेजले सहज रुपमा गोलमा परिणत गरे ।
अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि ब्राजिल र पारग्बेको बिजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment