Comments Add Comment

धान-खेतमै थ्री डी आर्ट, हेर्नुस् चिनिया कला (फोटोफिचर सहित)

3d_art1

नेपालमा पनि अहिले रोपाइँको मौसम छ । रोपाइमा रोपाहारहरु असारे गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्दै धान रोपिरहेका छन् । उता छिमेकी चीनमा भने धानखेतमा विचित्र कला प्रस्तुत भैरहेको छ ।

धानखेतहरुमा तयार पारिएका थ्री डी कलाकृतिहरुले अहिले चीनमा खुबै चर्चा पाएका छन् । चीनको उत्तरपूर्वी प्रान्त लियाओनिंगमा किसानहरुले धानखेतलाई क्यानभास बनाइरहेका छन् । धानखेतमा थ्री डी चित्र जस्तै दृश्य निर्माण गर्नका लागि उनीहरुले विभिन्न रंग तथा विभिन्न प्रकारका धानहरु रोपेर अनौठो खाले कलाकारिताका प्रस्तुत गरिरहेका छन् ।

शेनयाङ सहरस्थित थीम पार्कमा पनि धानखेतहरु निर्माण गरी यस्तै सुन्दर थ्री डी चित्र बनाइएको छ । त्यहाँ विवाह तथा पर्यटकहरुका लागि क्याम्पिङ टि्रपको पनि आयोजना गरिन्छ ।

3d_art2

वास्तवमा चीनका शिवो जातीका किसानहरु हरेक वर्ष परम्परागत रुपमा आफ्ना खेतहरुमा धान रोपेसँगै धानलाई विभिन्न स्वरुपमा बदल्ने गर्छन् र खेतलाई कलाको क्यानभास बनाउँछन् ।

खेतमा कलात्मक तरिकाले धान रोप्नुका एक अर्को उद्धेश्य पनि छ । त्यो हो एक अर्कामा शुभकामनाको लागि प्रार्थना गर्ने ।
अघिल्लो वर्ष किसानहरुले त्यहाँ विभिन्न चर्चित ठाउँहरु, जनावर तथा मानिसहरुको स्वरुपमा १३ वटा कलाकृति खेतमा निर्माण गरेका थिए ।
खेतमै चिनिया देवता मानिने नेझाको चित्र पनि तयार पारिएको थियो ।

यो वर्ष पनि किसानहरुले आफ्ना भर्खरै धान रोपेका खेतहरुलाई अनेक कलाकृतिले भरिपूर्ण पारेका छन् । यो थ्री डी राइस आर्ट हेर्नका लागि शेनयांग सहरमा ठूलो संख्यामा पर्यटक पुग्ने विश्वास अधिकारीहरुले गरेका छन् ।

स्मरण रहोस् धानखेतमा तयार पारिएको सबैभन्दा वृहत चित्रकलाका लागि चीनले सन् २०१२ मा विश्वकिर्तिमान बनाएको थियो ।

3d_art3

3d_art4

3d_art5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment