Comments Add Comment

भिडियो भाइरल भएपछि एक दम्पत्तिले गरे आत्महत्या

Rape-victim

नयाँदिल्ली । आजभोलि हरेकको हातमा मोबाइल छ । मोबाइल भएपछि तस्वीर, भिडियोहरु कैद गरेर राख्नु स्वभाविक हो ।

केही मानिस आफ्नो नितान्त निजी क्षणहरुलाई पनि मोइबलमा कैद गरेर राख्छन् । तर, कहिले काँही त्यही तस्वीर तथा भिडियो संकट ल्याउँछ र ज्यानै पनि लिन सक्छ ।

भारत मध्य प्रदेशमा त्यस्तै भएको छ । आफ्नो मोबाइलमा कैद गरेको निजी क्षणको भिडियोले उनीहरुले ज्यान लिएको छ ।

देवास जिल्लाको एक गाउँका पति पत्नीले निजी क्षणलाई आफ्नो मोबाइलमा कैद गरेका थिए । त्यही मोबाइल फोन हरायो ।

दम्पित्तिले आत्महत्या गरेपछि छानविन गरिरहेको प्रहरीका आुसार मोबाइल झण्डै २ वर्ष पहिले नै हराएको थियो । पछि ननिकको गाउँका सन्तोष नाम गरेका व्यक्तिसँग मोबाइल देखियो । सन्षोतले मोइबाल चलाउन सकेनन् र मुकेश नाम गरेका साथीलाई दिए ।

उनले मोबाइलमा भएको डाटा निकालेर राजेन्द्रलाई दिए । प्रहरीका अनुसार केही दिनअघि ती दम्पतिको निजी क्षणको भिडियो भाइरल भयो र मानसिक तनावमा परेका उनीहरुले विष पिएर आत्महत्या गरे ।

मृतक दम्पत्तिका एक छोरा र एक छोरी छन् । सन्षेष, मुकेश र किशोरविरुद्ध अभियोग पत्र दायर भएको छ ।  अनुसन्धानका क्रममा अन्य मानिसले पनि उक्त मोबाइलको डाटा लिएको पाइएको छ र उनीहरुविरुद्ध पनि अभियोग दार्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment