Comments Add Comment

प्रज्ञामा यसरी सुनिए कवि अमर गिरी

प्रगतिवादी कवि अमर गिरीले यो साता आफ्ना नयाँ र पुराना करिब डेढ दर्जन कविता सुनाए ।

amar giriजनसाहित्यिक मञ्च नेपाल केन्द्रीय समितिद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा-१५’ अन्तर्गत गिरीको कविता वाचनमा श्रवण मुकारुङ, शशी लुमुम्बू, मित्रलाल पंज्ञानी, लिखत पाण्डे, आरएम डङगोल, जयन्ता पोखरेल, बालमुकुन्द कार्की र सङ्गीत श्रोताले साथ दिएका थिए ।

‘झनिवा थारुको माघी’, ‘चटामरी’, ‘सुनको औंठी’, ‘पुनः नारायणहिटी’, ‘भोक’, ‘हतियारमाथि’, ‘वन र स्त्री’, ‘सपनाहरुको जतन’, ‘स्मृति’, ‘रुनु’, ‘परिचय’, ‘घाम र म’ आदि शीर्षकका कविताका विषयवस्तुमा श्रमिकप्रतिको प्रेम, भूमण्डलीकरणको विरोध, वामपन्थी नेताको खस्कँदै गएको चरित्र आदि समेटिएका थिए ।

चार दशकदेखि साहित्यिक क्षेत्रमा क्रियाशील गिरी नेपाल प्रज्ञा-प्रतिष्ठान, काव्य विभाग प्रमुख तथा प्रगतिशील लेखक सङ्घका अध्यक्ष पनि हुन् । उनका ‘घाम छेक्ने पहाड’, तर पनि हामी जीवित छौँ, ‘दुःसाध्य समय’, ‘शब्दहरुका बीचमा’ कवितासङ्ग्रह, र ‘समय, समाज र संस्कृति’ लेख सङ्ग्रह प्रकाशित छन् ।

सो अवसरमा नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेती र सदस्यसचिव प्रा.डा जीवेन्द्रदेव गिरी, एमाले संस्कृति फाँटका प्रमुख तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र जनसाहित्यिक मञ्चका अध्यक्ष राम विनयले गिरी प्रगतिशील नेपाली साहित्यिक आन्दोलनमा निकै योगदान पुर्‍याएको बताए ।

मञ्चका महासचिव विनोद मञ्जन र काव्य विभाग प्रमुख डा विन्दु शर्माले मुलुकको सकारात्मक परिवर्तनप्रति विश्वास राख्ने गिरी श्रम र श्रमिकवर्गप्रति श्रद्धावान्, स्वतन्त्रता पक्षधर तथा राज्य वा विद्रोही पक्षले गरेको बर्वरताप्रति आक्रोश पोख्ने साहित्यकार तथा समालोचक व्यक्तित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment