Comments Add Comment

६ सय कुकुरद्वारा सामुहिक आत्महत्याको प्रयास

Overtoun-Bridgeन्याय नपाएको भन्दै पीडित मानिसहरुले सामुहिक आत्महत्या गर्ने प्रयास गरेको कुरा त सुनिएकै हो । तर बेलायतमा भने मानिसहरुले होइन कुकुरहरुले सामुहिक आत्महत्याको प्रयास गरेका छन् । थोरै कुकुरहरुले कहाँ हो र ? ६ सय वटा कुकुरहरु आत्महत्या गर्ने भन्दै एकसाथ पुलबाट हाम फालेपछि सनसनी नमच्चिने कुरै भएन ।

हो, झण्डै ६ सय कुकुरहरुले आत्महत्या गर्ने प्रयास गरेको खबर बेलायतमा अहिले निकै चर्चामा छ । स्कटल्याण्डको डनबर्टनशरमा रहेको एक चर्चित पुलबाट कुकुरहरुले हाम फालेर आत्महत्याको प्रयास गरेका हुन् । हन्टेड सुसाइड बि्रज अर्थात् भुताहा आत्महत्या पुल नामको उक्त पुलबाट हाम फालेका कुकुरमध्ये ५० वटाको त ज्यान नै गयो ।

जनावर मनोविज्ञहरु कुकुरहरुको सामुहिक आत्महत्याको यो घटनाबाट अचम्ममा परेका छन् । अनौठो कुरा त यो छ की आत्महत्याका लागि पुलबाट हाम फाल्ने सबै कुकुरहरु सामान्य थिए, अर्थात् बहुलाएका वा अन्य स्वास्थ्य समस्या भएका थ्एिनन् । अर्को कुरा यिनीहरु सबै एक विशेष प्रजातिको लामो थुतुनो भएका कुकुरहरु थिए । कुकुरहरुले पुलबाट हाम फाल्ने बेलामा त्यहाँको मौसम पनि सामान्य थियो । पुलबाट चिप्लिएर वा कुहिरोका कारण बाटो नदेखेर खसेका भन्ने अवस्था पनि थिएन ।

कुकुरको आत्महत्याको खास कारण पत्ता लाग्न नसकेपछि मानिसहरुबीच अनेकन तर्क वितर्क सुरु भएका छन् । यो घटनालाई भुतप्रेतसँग पनि जोड्न थालिएको छ ।

स्थानीय मानिसहरुका अनुसार १९ औँ शताब्दीको चर्चित महल ओभरटन हाउसमा बस्ने ह्वाइट लेडी नामकी महिलाको आत्माले यो घटना गराइरहेको छ । पछिल्लो १ सय वर्षदेखि यो पुलबाट यसरी कुकुरहरुले हाम फालेर आत्महत्या गर्ने गरेका घटना घटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment