Comments Add Comment

ब्लाकबेरीले ल्याउँदैछ ब्याक्टेरिया फ्री मोबाइल

black-berryभाइरस फ्री ग्याजेट भन्ने त सुनिएकै हो । तर हुँदाहुँदा ब्याक्टेरिया फ्री ग्याजेट समेत आउने भएको छ । ब्लाकबेरी कम्पनीले एउटा यस्तो स्मार्टफोन ल्याउँदैछ जुन ब्याक्टेरिया फ्री हुनेछ ।

वास्तवमा उक्त स्मार्टफोन साँच्चीकै जैविक व्याक्टेरिया मुक्त हुनेछ । खासगरी डाक्टर तथा नर्सहरुलाई लक्षित गर्दै ब्लाकबेरीले यस्तो स्मार्टफोन ल्याउन लागेको बताइएको छ ।

ब्लाकबेरीका प्रमुख कार्यकारी अधिकृतले हालै क्यानडाको एक अस्पतालमा त्यहाँका डाक्टर तथा नर्सहरु सामु यस्तो जानकारी गराएका हुन् । सिइओ जोन चेनका अनुसार निटक भविष्यमै ब्लाकबेरीले ब्याक्टेरिया फ्री स्मार्टफोन उत्पादनको काम सुरु गर्नेछ । यद्यपि अहिले नै त्यस्तो डिभाइस उत्पादनको काम सुरु भैनसकेको उनले प्रष्ट पारे ।

हस्पिटलका स्टाफहरुका लागि नयाँ पोर्टेबल म्यासेजिङ तथा अलर्ट प्रविधि उपलब्ध गराउनका लागि ब्लाकबेरीले थटवाएर तथा सिस्को सिस्टम इन्क लगायतका कम्पनीसँग साझेदारी गरिरहेको पनि उनले जानकारी दिए ।

रिपोर्ट अनुसार ब्लाकबेरीले उत्पादन गर्ने उक्त ब्याक्टेरिया फ्री फोन आम सर्वसाधारण उपभोक्ताका लागि भने उपलब्ध हुनेछैन । उक्त फोन केवल अस्पतालका डाक्टर, नर्स तथा अन्य स्टाफहरुका लागि मात्र डिजाइन गरिनेछ ।

संक्रमणको उच्च जोखिममा रहने अस्पतालमा अस्पतालका स्टाफहरु आफ्ना ग्याजेटमा जिवाणु संक्रमण हुने त्रासमा रहन्छन् । मोबाइल फोनलाई ब्याक्टेरिया संक्रमणबाट मुक्त राख्नका लागि स्पि्रटले पुछ्ने गर्दछन् । तर अब त्यो झण्झट हुनेछैन । तथापि उक्त ब्याक्टेरिया फ्री फोन कस्तो हुने र कुन प्रविधिले त्यसलाई ब्याक्टेरिया मुक्त बनाउनेछ भन्ने विषयमा भने केहीपनि खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment