Comments Add Comment

सर्वोच्च अदालत अगाडि किन दौडिन्छन् पत्रकार ?

runing

प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकारको हक अधिकारलगायतका विषयमा नेपाल पत्रकार महासंघले बेलाबेलामा विभिन्नखाले धर्ना, र्‍याली तथा आन्दोलन गर्ने गर्छ । कहिलेकाहीँ पत्रकारहरु अदालतको आदेशको विरुद्धमा समेत विरोध प्रदर्शन गर्न अदालत अगाडि जम्मा हुने गर्छन् ।
हालै सर्वोच्च अदालत अगाडि पत्रकारहरुको यस्तै दौडादौड भयो । तस्वीरहरु हेर्नुस् त, हातमा कागजको चिर्कटो समातेका पत्रकारहरु कुनै म्याराथन दौडमा भाग लिएजस्तो गरी गरी दौडिरहेका । तर नझुक्किनुस्, यो पत्रकारको भागदौड हाम्रो देशको सर्वोच्च अदालतको अगाडि होइन, अमेरिकाको सर्वोच्च अदालत अगाडि पत्रकारहरु यसरी दौडिएका हुन् ।

आखिर किन यसरी कुँदिरहेका छन् त पत्रकारहरु ? अहिलेको सूचनाप्रविधिको युगमा अर्कै ग्रहबाट त लाइभ प्रशारण गर्न सम्भव भैसकेको छ भने अमेरिकाको सर्वोच्च अदालत बाहिर पत्रकारहरु हातमा कागज बोकेर दौडादौड किन गर्नुपरिरहेको होला ?

कुरा खास यस्तो हो । अमेरिकाको सर्वोच्च अदालतको सुनुवाइ कक्षभित्र पत्रकारहरुले क्यामरा, रेकर्डर, मोबाइल फोन लगायतका सञ्चार उपकरण लैजान पाउँदैनन् । सर्वोच्च अदालत परिसर बाहिर रहेको मिडिया सेन्टरमा उपलब्ध गराइने सूचना तथा समाचारमै भर पर्नुपर्छ प्रशारणका लागि । तर, अदालतकै भर पर्दा निकै ढिलो हुने भयो । त्यसैले इजलासमा खटिन्छन् सञ्चार माध्यमका सिकारु पत्रकारहरु अर्थात् इन्टर्नहरु । अनि मिडिया सेन्टरमा क्यामरा तथा लाइभ प्रशारण उपकरणसहित बस्छन् पाका पत्रकार ।

runing3

सर्वोच्च अदालतको इजलासबाट कुनै फैसला वा आदेश हुनेबित्तिकै त्यसको लिखित प्रति इजलासमा रहेका सरोकारवालालाई वितरण गरिन्छ र त्यो कपी सिकारु पत्रकारहरुले पाएपछि मिडिया सेन्टरमा रहेका आफ्नो सञ्चारमाध्यमका प्रतिनिधिलाई छिटो पुर्‍याउन कुँदिहाल्छन् ।

ठूलो संख्याका सञ्चारमाध्यमहरुका इन्टर्नहरु यसरी एकैपटक दौडादौड गरिरहेको दृश्य अमेरिकाको सर्वोच्च अदालत बाहिरको सडकमा निकै रोचक देखिन्छ । प्रायः सर्वोच्च अदालतले विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दा यस्ता दृश्यहरु अझै रोचक बन्दछन् ।

कसले छिटो फैसलाको कपी आफ्नो मिडियासामु पूराउने भन्ने कुरामा इन्टर्नहरुबीच तछाडमछाड हुन्छ । सर्वोच्च अदालत बाहिर पत्रकारको यो दौडलाई रनिङ अफ दी इन्टर्नस् भन्ने गरिएको छ ।

बिहीबार सर्वोच्च अदालतले अफोर्डेबल केयर ऐनका विषयमा गरेको आदेशपछि पनि पत्रकारहरुको यस्तै भागदौड भयो । जसलाई अमेरिकी संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरे ।

हेरौँ अमेरिकाको सर्वोच्च अदालत बाहिर पत्रकारहरुको दौडादौड

runing

runing1

runing2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment