Comments Add Comment

लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने सहकारीमाथि कारबाही

१३ असार, कञ्चनपुर । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरले वार्षिक लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने सहकारी संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

लेखा परीक्षणका लागि कार्यालयले गरेको आग्रहलाई बेवास्ता गर्ने कञ्चनपुर र डडेल्धुराका सहकारी संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले बताए ।

कार्यालयका अनुसार दुवै जिल्लामा ८५ सहकारीले वार्षिक लेखापरीक्षण नगरी कारोबार गरिरहेका छन् ।

लेखा परीक्षण नगर्ने, साधारणसभा नगर्ने, मासिक विवरण नबुझाउने कञ्चनपुरका ४३ र डडेल्धुराका ३२ सहकारी संस्थाको छानबिन प्रक्रिया अगाडि बढाइएको कार्यालय प्रमुख खातीले जानकारी दिए ।

“असार मसान्तसम्म विवरण नबुझाउने सहकारीमाथि सहकारी ऐनअनुसार कारबाही हुन्छ” – उनले भने ।

सहकारी ऐन, २०४८ सहकारी नियमावली–२०४९ अनुसार लेखा परीक्षण नगर्ने सहकारीलाई कारबाही गरिने प्रावधान छ । यसैगरी सहकारी दर्ता, अनुगमन तथा नियमन मापदण्ड–२०६८ मा मापदण्ड मिच्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने प्रावधान छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment