Comments Add Comment

श्रम राज्यमन्त्रीको राजिनामा माग्दै रोजगार विभाग घेराउ

Baideshik rojgar (7)

१३ असार, काठमाडौ । वैदेशिक रोजगार ब्यवसायीहरुले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको राजिनामाको माग गर्दै आइतबार वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् ।

श्रम राज्यमन्त्री गुरुङले वैदेशिक रोजगार ब्यवसायीहरुको विरुद्ध निर्णयहरु गरेको भन्दै वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलित भएका हुन् ।

मन्त्री गुरुङले वैदेशिक रोजगार ब्यवसायीहरुलाई बेवास्ता गर्दै शून्य लागतमा कामदार पठाउने निर्णय गरेको उनीहरुको भनाइ छ । शून्य लागतमा मात्रै कामदार पठाउँदा कामदारको माग नआउने भएकाले यस्तो निर्णय गर्नु नहुने ब्यवसायीहरुले बताउँदै आएका छन् ।

Baideshik rojgar (6)

शून्य लागतको निर्णयले नेपालीहरुले रोजगारीका लागि जान नपाउने भएकाले निर्णय सच्याउनुपर्ने अन्यथा आफूहरु सशक्त आन्दोलन गर्ने उनीहरुले बताएका छन् । सरकारको यो निर्णयविरुद्ध सबै राजनीतिक दल आवद्ध वैदेशिक रोजगार ब्यवसायीहरु एक भइ आन्दोलिन भएका हुन् ।

श्रम मन्त्रालयले भने सूचना नै जारी गरी असार २१ गतेदेखि लागू हुने गरी मलेसिया र अन्य ६ खाडी मुलुकमा कामदार पठाउने निर्णय कार्यान्वयन गरिने जनाएको छ ।

ब्यवसायीहरुले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई पनि पदबाट हटाउन माग गरेका छन् ।

Baideshik rojgar (4)

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment