Comments Add Comment

हलका अध्यक्षले नै ६० प्रतिशत दिन नमानेपछि कार्यदलले दियो राजिनामा

फाइल फोटो
फाइल फोटो

भुकम्पपछि नेपाली चलचित्रहरु प्रदर्शन हुन सकिरहेको छैन । जसका कारण हलमा नयाँ चलचित्र लागेका छैनन् । यसैले पनि निर्माताहरुलाई नयाँ चलचित्र चलाउनका लागि प्रोत्साहन गर्न चलचित्र संघले असार र साउनमा प्रदर्शनमा आउने चलचित्रलाई ६० प्रतिशत शेयर दिने प्रस्ताव अगाडि सारेको थियो ।

यसका लागि संघले कार्यदल पनि बनाएको थियो । जसमा संघका महा-सचिव मधुसुदन प्रधान, उप-महासचिव देवेन्द्र खड्की र उपत्यका सभापति गोपाल कायस्थ थिए ।

तर, यो कार्यदलले आज राजिनामा दिएको छ । अध्यक्ष नकिम उद्दिन र निवर्तमान अध्यक्ष राजकुमार पोख्रेलले यो कुरामा सहयोग नगरेको भन्दै औचित्य नभएको कारण देखाउँदै कार्यदलले राजिनामा दिएको श्रोतले बताएको छ । अध्यक्ष र निवर्तमान अध्यक्षले ५० प्रतिशत भन्दा बढी दिन नसक्ने बताएपछि कार्यदलको औचित्य नभएको भन्दै सदस्यहरुले राजिनामा दिएको श्रोतले अनलाइनखबरलाई बताएको छ ।

असार र साउनमा चलचित्र चलाएको खण्डमा ६० प्रतिशत पाउने आशामा अगाडि सरेका केही निर्माता अब यसको मर्कामा पर्ने देखिएको छ । निर्माता संघ र चलचित्र संघ मिलेर यो कार्यदल बनाएका थिए ।

कार्यदलका एक मधुसुदन प्रधानले कुनै पनि कुराहरु गर्छु भनेर कमिटीमा बसेपछि त्यो काम गर्न नसक्दा बस्नुको अर्थ नभएकाले राजिनामा दिएको बताए । उनले आफूहरुले राजिनामा दिएकाले अब के हुन्छ भन्न नसक्ने बताए ।

यस्तै, कार्यदलका अर्का सदस्य गोपाल कायस्थले अध्यक्षले नै मल्टिप्लेक्समा ६० प्रतिशत दिन नसक्ने बताएपछि आफूहरु कार्यदलमा बस्नुको औचित्य नभएको बताए । उनले मल्टिप्लेक्सले १० प्रतिशत धेरै दिदा देशभरका २ सय हल बाच्छन् भने दिनुपर्ने बताए । तर, अध्यक्षले नमानेपछि कार्यदलमा बस्नुको अर्थ नभएकाले राजिनामाको बाटो रोजेको कायस्थको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment