Comments Add Comment

गजल-किन बन्दैन राष्ट्रियता चिन्ताकाे बिषय

सन्तोष बिष्ट

लेखिरहेछु कालापानी सुस्ताको बिषय
जाेडिन्छ स्वाभिमान र आस्थाकाे बिषय

घर र आगन बिचमा दशगजा काेरियाे
किन बन्दैन राष्ट्रियता चिन्ताकाे बिषय !

देशलाई सधै चुनाबी नारा बनाइयाे
बनिरह्याे देशभक्ति सत्ताकाे बिषय

याे युग नयाँ बाेतलमा पुरानै रक्सी बेच्दैछ
आेझेल पारिन्छन सधै जनताकाे बिषय ।

Santosh-Bista

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment