Comments Add Comment

अनौठो संस्कार : वर्षाको कामना गर्दै महिलाहरुबीच हिंसात्मक लडाइँ, खेतमा पोखिन्छ रगत (फोटोफिचर सहित)

Guerrero-fighting-festiva1

हाम्रो देशमा लामो खडेरी परेको बेला वर्षाका देवतालाई खुसी पार्न भन्दै महिलाले रातमा हलो जोत्ने चलन छ । यसो गरेपछि देवता खुसी भएर पानी पारिदिन्छन् भन्ने विश्वास राखिन्छ । उता मेक्सिकोमा चाहीँ पानी पार्नको लागि अनौठो जुक्ति अपनाइँदो रहेछ । मेक्सिकोको गुरेरो क्षेत्रका बासिन्दाहरुले पानी पार्नका लागि महिलाहरुको रगत खेतमा पोख्दछन् ।

यदि महिलाहरुको रगत जम्मा गरेर खेतमा पोखियो भने वर्षा सुरु हुन्छ भन्ने मान्यता छ ती मेक्सिकनहरुमा । सोही विश्वास अनुसार त्यहाँ हरेक वर्ष खडेरी पर्दा महिलाहरुबीच लडाइँ हुन्छ, रक्तपातपूर्ण ।

महिलाहरुबीचको लडाइँ साँच्चीकै हिंसात्मक हुन्छ, नियतबस । कसैका टाउका फुट्छन् त कसैका नाक । अनि महिलाका जिउबाट रगत बग्न थाल्छ । उक्त रगतलाई त्यहाँ उपस्थित मानिसले कुनै भाँडोमा जम्मा गर्छन् र वर्षाको कामना गर्दै खेतबारीमा खन्याउँछन् ।

हेर्नुहोस् भिडियो

त्यहाँका मानिसहरुका लागि यो महिला लडाइँ एउटा पर्वको रुपमा स्थापित भएको छ । उक्त पर्वका दिन महिलाहरु बिहान सबेरै उठ्छन् ।

उठिसकेपछि ठूलो परिमाणमा खानेकुरा पकाउँछन् । खानामा कुखुराको मासु, भात, अण्डा लगायतका हुन्छन् । ती खानेकुरा लिएर महिलाहरु रणमैदान तर्फ जान्छन् । महिलाहरुबीच   भिडन्त हुने मैदानलाई रंगीचंगी बनाएर सजाइएको हुन्छ । सुरुमा उपस्थित मानिसहरुले वर्षाको कामना गर्दै भगवानको प्रार्थना पनि गर्छन् ।  प्रार्थना सकिएपछि महिला भिडन्त सुरु हुन्छ ।

अलिक उमेर छिप्पिएका तथा वृद्धाहरु भिडन्तमा उत्रिँदैनन् र तरुनीहरुलाई लड्नका लागि उक्साउँछन् । यद्यपि यो पर्वको खास उद्धेश्य लडाइँ भने होइन केवल रगत मात्र हो । महिलाहरुले लडाइँका बेला जिउमा लाग्ने चोटपटक बिर्सिन्छन् र पानीका लागि जति रगत बगाउनुपरेपनि तयार हुन्छन् ।

Guerrero-fighting-festival2

Guerrero-fighting-festival3

Guerrero-fighting-festival4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment