Comments Add Comment

यो हो विश्वको सबैभन्दा कुरुप कुकुर

Worlds-Ugliest-Dog1

अमेरिकाको क्यालिफोर्नियामा हालै कुकुरहरुबीच कडा प्रतिस्पर्धा भयो । त्यो प्रतिस्पर्धा कुनै लडाइँ झगडाको थिएन, कुकुरहरुबीच को सबैभन्दा कुरुप भन्ने प्रतिस्पर्धा थियो । अनि यो स्पर्धामा २६ वटा अरु एक से एक कुरुप कुकुरहरुलाई माथ खुवाउँदै क्वासी मोदो नामको ठिमाहा कुकुर विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि जित्न सफल भयो ।

झण्डै हुँडार जस्तो जिउडाल भएको यो कुकुरका लमतन्न परेका खुट्टा, माथि उठेका कान तथा पुक्क परेको थुतुनो हेर्दा यो कुरुप छैन भनेर कसले भन्ला ?

क्यालिफोर्नियाको पेटालुमामा आयोजित सोनोमा मरिन फेयर अन्तरगतको कुरुप कुकुर प्रतियोगितामा सहभागी २७ वटा कुकुरमध्ये क्वासीले कुरुपतामा सबैभन्दा उत्कृष्टता प्रदर्शन गरेको निणर्ायक मण्डलका प्रमुख ब्रायन सोबेलले बताए ।

Worlds-Ugliest-Dog

विश्वको सबैभन्दा कुरुप कुकुरको ताज पहिरिएसँगै यो कुकुरले फ्लोरिडाका आफ्ना घरमालिकका लागि १५ सय डलर कमाइदिएको छ । यो कुकुर अब साँच्चीकै सेलिब्रेटी बनेको छ । विभिन्न खाले टेलिभिजन शो का साथै न्युयोर्क र सन फ्रान्सिस्कोमा हुने लाइभ इभेन्टहरुमा समेत यसले आफ्नो प्रस्तुती दिनेछ ।

प्रतियोगितामा विभिन्न ठाउँबाट कुकुरहरुलाई ल्याइएको थियो । धेरैजसो प्रतियोगीहरु सडकबाट उद्धार गरेर पालिएका कुकुरहरु थिए । कुकुरको रुप जस्तो भएपनि वा यसको शारीरिक अवस्था जस्तो भएपनि मानिसले त्यसलाई हेला नगरुन् र उसले दुख नपाओस् भन्ने कुराको चेतना वृद्धि गर्न कुरुप कुकुर प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment