Comments Add Comment

सौताने छोरासँग छुट्टी मनाउँदै करिना

kareena-kapoor-with-her-ste
छुट्टी मनाउनका लागि बेलायत पुगेकी करिना कपुर अहिले सौताने छोरासँग घुमघाममा ब्यस्त छिन् । उनले सौताने छोरा ईब्राहिमसँग अंगालो मारेर खिचाएको तस्विर अहिले इन्टरनेटमा भाईरल बनेको छ ।

दिदी करिष्मा कपुरको जन्मदिन मनाउन बेलायत गएकी करिनाले सोही क्रममा सौताने छोरालाई भेटेकी थिईन् । सैफ र ईब्राहिम पनि बर्थडे कार्यक्रममा सहभागी थिए ।

ईब्राहिम सेफअलि खानको पहिलो श्रीमती अमृता सिंहको छोरा हुन् । उनी अहिले लण्डनमा सबेर पढ्दैछन् । ईब्राहिम र करिनाको सम्बन्ध निकै राम्रो भएको केही भारतीय समाचारले उल्लेख गरेका छन् ।

अन्य समयमा पनि करिना र इब्राहिमविच कुरा हुने गरेको भारतीय समाचार संस्थाले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment