Comments Add Comment

यस्तो प्रविधि, जसले मरुभूमिमा समेत गराइदिन्छ वर्षा

Desert-greening2

पृथ्वीको एक तिहाइ भाग मरुभूमि छ, जहाँ पानी पर्दैन । जलवायु परिवर्तन लगायतका कारणले गर्दा पृथ्वीका मरुभुमि बाहेकका क्षेत्रमा हुने वर्षा पनि घट्दै गइरहेको छ । तर अब यस्तो प्रविधि आएको छ, जसले मरुभूमिमा समेत वर्षा गराइदिनेछ, छिनभरमै ।

यो कुनै जादु होइन, विज्ञानको चमत्कार हो ।  Desert Greening नामको एक संस्थाले यो प्रविधिको विकाश गरेको हो । यो प्रविधिले प्रयोगले २ सय किलोमिटर टाढा भएको वर्षालाई वर तानेर पानी नपरेको ठाउँमा पानी पारिदिन सक्छ ।

वर्षा गराउने यो प्रविधिमा एउटा धातुको ट्युब लगाइएको छ, जसले अर्गानिक इनर्जी निकाल्छ । उक्त उर्जाले पानी पार्ने बादललाई आफूतर्फ आकर्षित गर्दछ । संस्थाले अल्जेरियाको मरुभूमिमा यो डिभाइसको प्रयोग गरिरहेको छ ।

सन् २००५ देखि उक्त मरुभूमिमा परीक्षणको लागि उक्त प्रविधि राखिएकोमा पछिल्लो दश वर्षमा मरुभूमिमा वर्षा हुन थालेको छ र वर्षाका कारण मरुभूमिका वातावरणमा ठूलो परिवर्तन देखिएको छ ।

उक्त मरुभूमिमा अहिले मानिसहरुले खेतिपाती गर्न सुरु गरेका छन् । ३ हजार भन्दा बढी फलफूलका रुख छन् भने स्थानीयहरुले सागपात समेत लगाएका छन् । उक्त मरुभूमिमा वनस्पतीको संख्या पछिल्लो १० वर्षमा ३ सय गुणाले बढेको छ ।

यो डिभाइसलाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगी स्थापित गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment